पत्रकार कर्णलाई झापामा सम्मान

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २१ फाल्गुण, २०८१
१ वर्षअघि

विराटनगर । विराटनगरका पत्रकार नवीन कर्णलाई हरिनारायण विष्णुमाया श्रेष्ठ पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

मकालु टेलिभिजनका वरिष्ठ समाचारदाता कर्णलाई झापाको अर्जुनधारा गाउँपालिका–११ स्थित जंगबीर गुभाजु श्रेष्ठ प्रतिष्ठानले “हरिनारायण विष्णुमाया श्रेष्ठ” पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

जंगबीर गुभाजु प्रतिष्ठानको १५औं साधारण सभामा कार्यक्रमका प्रमुख अतिथि त्रिफला राष्ट्रिय पुस्तकालय धुलाबारीका अध्यक्ष प्रेमप्रकाश फलारी र प्रतिष्ठानका अध्यक्ष बाबुराम श्रेष्ठ “वर्षा” ले कर्णलाई १२ हजार नगद सहित प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रेस सेन्टर नेपाल मोरङका अध्यक्ष पत्रकार कर्ण दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा आबद्ध रहेका छन् ।

पत्रकार कर्ण पछिल्लो समय मैथिली अनलाइन सञ्चालन गरिरहेका छन् ।

प्रकाशित समय: बुधबार २१ फाल्गुण, २०८१, ११:१४:००

सम्बन्धित खबर

स्थानीय निर्वाचनको तयारीमा एमाले : मोरङका १७ वटै पालिकामा शीर्ष नेताको ‘फिल्ड कमाण्ड’
मङ्गलबार १९ जेठ, २०८३
मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक
मङ्गलबार १९ जेठ, २०८३
रास्वपा निर्वाचन विभाग प्रमुखमा केसी
मङ्गलबार १९ जेठ, २०८३
माल्दिभ्समा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
मङ्गलबार १९ जेठ, २०८३
‘हर्कजस्ता अर्गानिक नेतालाई प्रधानमन्त्री बनाउनुपर्छ, हाइब्रिड नेताले देशलाई सुख दिएनन्’
मङ्गलबार १९ जेठ, २०८३
वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ
मङ्गलबार १९ जेठ, २०८३
भारतसँगको सम्बन्ध विश्वासमा आधारित हुनुपर्छ, सीमा विवाद अनन्तकालसम्म लम्ब्याउन हुँदैन : रवि लामिछाने
मङ्गलबार १९ जेठ, २०८३
बजेटमाथि आजदेखि प्रतिनिधिसभामा छलफल, अर्थमन्त्रीले प्रस्ताव पेश गर्ने
मङ्गलबार १९ जेठ, २०८३
पर्वतमा जिप दुर्घटना : वडासदस्य केशवराज पौडेलको मृत्यु, दुई घाइते
मङ्गलबार १९ जेठ, २०८३
सीमा विवादमा प्रधानमन्त्रीलाई कांग्रेसको २४ घण्टे अल्टिमेटम
सोमबार १८ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०