तास खेल्दा पैसा सापटी नदिएको निहुँमा साथीको हत्या, तीन जना पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १५ फाल्गुण, २०८१
२ वर्षअघि

काठमाडौं । पर्सामा तास खेल्ने विषयमा विवाद हुँदा तीन किशोर मिलेर एक जनाको हत्या गरेको आरोपमा प्रहरीले तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–२७ उदयपुर घुर्मीका १९ वर्षीय मुकेशप्रसाद यादव, सोही ठाउँका १९ वर्षकै अरुणकुमार यादव र सोही ठाउँका १९ वर्षकै मुना तिवारी छन् ।

उनीहरू तीनै जनालाई ११ फागुनमा पक्राउ गरेर आज बिहीबार प्रहरीले सार्वजनिक गरेको हो ।

उनीहरूले सोही ठाउँका १९ वर्षीय इशालप्रसाद कुर्मीको हत्या गरेको आरोप छ ।

तास खेलेको समयमा रकम सापटी नदिएको भन्दै विवाद भएको र त्यही निहुँमा एक युवकको हत्या भएको प्रहरीको भनाइ छ ।

हत्या आरोपमा तीन जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार घटनाबारे जानकारी गराएको छ ।

७ फागुनमा वीरगञ्ज महानगरपालिका–२७ उदयपुर घुर्मीका १९ वर्षीय इशालप्रसाद कुर्मी वीरगञ्ज बजार जान्छु भनेर निस्केका थिए ।

तर छोरा घर नफर्केपछि उनका बाबु जोगिन्द्रप्रसादले भोलिपल्ट ८ फागुनमा खोजतलासका लागि भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

हुलियासहित उजुरी दिए पनि उनलाई फेला पार्न प्रहरीले सकेको थिएन ।

हराएको भनिएको ४ दिनपछि ११ फागुनमा स्थानीय भेडैया खोलामा एक युवकको शव तैरिरहेको भन्दै प्रहरीलाई सूचना आएको थियो ।

उक्त शव ७ गतेदेखि हराएका उनै इशालप्रसादको रहेको भन्दै उनका बाबुले सनाखत गरेका थिए ।

बजार जान्छु भनेर निस्केका इशालप्रसादको हत्या भएको आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

घटनास्थलबाट प्रहरीले मृतकको पर्स, साइकल, चप्पल, मोबाइल फोनको टेम्पर ग्लास गरेको थियो ।

यीनै बरामद वस्तुहरुलाई केन्द्रमा राखेर प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो ।

सो क्रममा उनका तीन जना साथीहरु पक्राउ गरेको पर्साका एसपी गौतम मिश्रले बताए ।

हत्याको कारण भने तासको विषय जोडिएको उनले बताए । उनीहरु चार जना तास खेल्ने गरेको पाइएको उनले बताए । तास खेल्न बेलामा रकम सापटी माग्दा विवाद भएको थियो । इशालले रकम लगेर नदिने गरेको भन्दै उनीहरुले सापटी नदिएको प्रहरीको भनाइ छ ।

त्यही विषयमा उग्र विवाद भएपछि तीन जना मिलेर साँझ ६:१० बजेतिर इशालको हत्या गरेको एसपी मिश्रले बताए ।

मृतकको मोबाइल प्रहरीले मुकेशको साथबाट बरामद गरेको छ । उनीहरुले सुरुमा रुखमा टाउको ठोक्काएर घाइते बनाएको र पछि सर्टले घाटी कसेर हत्या गरेको उनीहरुले प्रहरी समक्ष बयान दिएका छन् ।

हत्यापछि सर्टले हात पछाडि लगेर बाँधेर खोलामा फालिएको थियो। मृतकको साइकल पनि घटनास्थल खोलामै छाडिएको थियो । पक्राउ परेकाहरुविरुद्ध कर्तव्य ज्यानको कसुरमा पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित समय: बिहिबार १५ फाल्गुण, २०८१, २०:१०:२०

सम्बन्धित खबर

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
३ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
३ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२२ घण्टाअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
२ दिनअघि
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०