श्री बाबा बनसखण्डी महाशिवरात्री मेलामा भक्तजनको घुँइचो

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १४ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । महाशिवरात्रीको पावन अवसरमा कटहरी र ग्रामथान गाउँपालिकाको सिमानामा अवस्थित श्री बाबा बनसखण्डी मन्दिरमा आयोजित परम्परागत मेलामा यस वर्ष भक्तजनहरूको अत्यधिक भीड देखिएको छ ।

प्रत्येक वर्ष लाग्ने बनसखण्डी मेलामा आसपासका क्षेत्र तथा छिमेकी मुलुक भारतबाट समेत हजारौं श्रद्धालुहरू भगवान् शिवको पूजा–अर्चना गर्न आएका थिए ।

Advertisement

मन्दिरमा भक्तजनहरूले बेलपत्र, दूध, जल अर्पण गरेर शिवजीको आराधना गरेका थिए ।

बनसखण्डी मन्दिरमा आफूले चिताएको मनोकामना पूरा हुने भएकाले दर्शन गर्न आएको पुष्पा दाहाल बताउँछिन् ।

यस्तै, स्थानीय मनिष पहाडी आफूले पढाइका क्रममा राखेको भाकल पूरा भएको कारण बनसखण्डीप्रति आस्था बढ्दै गएको बताउँछन् ।

मेलामा स्थानीय परिकारका साथै विभिन्न सांस्कृतिक कार्यक्रम र भजन कीर्तन गरेर आयोजकले भक्तजनलाई मनोरञ्जन दिलाएको थियो ।

जसमा स्थानीयदेखि भारतका प्रसिद्ध कलाकारहरूले नृत्य–नाटक प्रस्तुत गरेको मेला आयोजक समितिका सदस्य मोहनलाल विश्वास बताउँछन् ।

पछिल्लो १२ वर्षयता भने यस ठाउँमा बृहत् रूपमा मेला लाग्न थालेको हो । अब, यस मेलालाई आगामी वर्षहरूमा थप व्यवस्थित र आकर्षक बनाउने योजनामा रहेको व्यवस्थापन समिति कस्सिएर लागेको छ ।

‘पहिले-पहिले चामल लिएर पूजा गर्न भक्तजन आउँथे,’ मेला व्यवस्थापन समितिका सदस्य गोरेबहादुर मगर भन्छन्, ‘१२ वर्षयता भने टाढा-टाढाबाट मानिसहरू आउने गरेका छन् ।’

श्री बाबा बनसखण्डी मन्दिरको धार्मिक महत्त्व र ऐतिहासिक सम्पदालाई संरक्षण गर्दै धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न जरुरी देखिएको छ ।

यसमा स्थानीय सरकारदेखि संघीय सरकारसम्मले चासो लिनुपर्ने देखिएको मेला संयोजक शिवकुमार कार्कीको भनाइ छ ।

शिवरात्रीका अलाबा यहाँ प्रत्येक साउनको अन्तिम सोमबार मेला लाग्ने गरेको यस मेलामा आफ्नो मनोकामना पूरा हुने अपेक्षामा लाखौं भक्तजन सहभागी हुने गरेका छन् ।

तर, मेला लगाउन पर्याप्त ठाउँ तथा खर्च नहुँदा व्यवस्थापन समितिलाई भेटी संकलन गर्नुपर्ने बाध्यता छ । स्थानीय सरकारले यस विषयमा चासो दिएमा धार्मिक पयर्टन भित्रिनेमा दुई मत छैन ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०