प्रथम कोशी प्रदेश खेलकुद महोत्सव सुरु, सभामुख विष्टले गरे उद्घाटन

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १३ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले प्रथम कोशी प्रदेश खेलकुद महोत्सव – २०८१ को उद्घाटन गरेका छन् ।

विराटनगरस्थित सहिद रंगशालाको मैदानमा मंगलबार सभामुख विष्टले महोत्सवको उद्घाटन गरे ।

Advertisement

महोत्सव आजबाट फागुन १८ गतेसम्म सञ्चालन हुने छ ।

महोत्सवको उद्घाटन गर्दै सभामुख विष्टले खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्न विद्यालयस्तरबाटै खेलकुदलाई पाठ्यक्रममा समावेश गरेर लग्न सुझाव दिए ।

विष्टले खेलकुद सम्भावनायुक्त क्षेत्र रहेको भन्दै निरन्तरको खेलकुद गतिविधिले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे ।

उद्घाटन समारोहमा बोल्दै कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले खेलकुद महोत्सवलाई आगामी आर्थिक वर्षमा निरन्तरता दिने बताए ।

राईले प्रदेश स्तरीय खेलकुद प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्नसमेत सहयोग पुर्‍याउने जानकारी दिए ।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम ) ले बोर्डले ‘खेल गतिनै खेलाडीको प्रगति’ हो भन्ने मान्यतासाथ प्रतियोगिता आयोजना गरेको प्रष्ट पारे ।

बस्नेतले बोर्डले खेल महोत्सवको निरन्तरताका लागि आवश्यक सबै पहल गर्ने धारणा पर्ने व्यक्त गरे ।

उनले नियमितको खेल गतिविधिले खेलाडीको प्रतिभामा निखार ल्याउने बताउँदै खेलाडीलाई खेल खेलेरै जीवनयापन गर्ने अवस्था सिर्जना गर्न सबै पक्ष एक ढिक्का भएर लाग्नुपर्ने समेत बताए ।

उद्घाटन कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतलगायतले शुभकामना व्यक्त गरेका थिए ।

फागुन १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न खेलका प्रतियोगिताहरू मोरङ र झापालगायतको स्थानमा हुँदैछन् ।

महोत्सवमा प्रदेशस्तरीय महिला फुटबल, महिला तथा पुरुष दौड, महिला तथा पुरुष कब्बड्डी, भेट्रान बाघचाल, महिला तथा पुरुष टेबलटेनिस, महिला तथा पुरुष बुद्धिचाल, महिला तथा पुरुष कराते, महिला तथा पुरुष तेक्वान्दो र पुरुष सफ्टटेनिस र डोरीतानलगायतको खेलकुद प्रतियोगिता समावेश छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०