अन्तर स्कुल क्रिकेट : राईजिङ र सरस्वती सेमिफाइनलमा प्रवेश

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ११ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । आठौं संस्करणको विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा राईजिङ स्कुल र सरस्वती स्कुल विजयी हुँदै सेमिफाइनलमा प्रवेश भएको छ ।

जहदा क्रिकेट क्लबको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको  पहिलो खेलमा राईजिङ स्कुलले विकेभिएम स्कुललाई ५ रनले पराजित गरि सेमिफाइनलमा प्रवेश हो ।

Advertisement

टस जितेर ब्याटिङ गरेको राईजिङले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय १९ रन बनाएको थियो ।

राइजिङका लागि प्लेयर अफ म्याच रेहान शेखले सर्वाधिक ३४ रनको योगदान दिए । विकेभिएमका जितेन्द्र यादवले २ विकेट लिए ।

१ सय २० रनको लक्ष्य पछ्याएको विकेभिएमले निर्धारित ओभर खेल्दै ८ विकेट गुमाई १ सय १४ मात्र बनायो । विकेभिएमका निखिल महतोले सर्वाधिक २० रनको योगदान दिए । राईजिङका रेहान शेखले २ विकेट लिए ।

दोस्रो खेलमा सरस्वती स्कुलले ग्रिनपिस स्कुललाई १ विकेटले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ गरेको ग्रिनपिसले निर्धारित २० ओभरको १९ ओभरमा सवै विकेट गुमाई ९० रन बनाएको थियो ।

ग्रिनपिसलागि मुर्सिद मन्सुरीले सर्वाधिक २६ रनको योगदान दिए । सरस्वतीका प्रसान्त यादवले २ विकेट लिए ।

९१ रनको लक्ष्य पछ्याएको सरस्वतीले १८ दशमलव २ बलमा ९ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो ।

सरस्वतीका प्लेयर अफ म्याच विकाश कामतले सर्वाधिक ३५ रनको योगदान दिए । ग्रिनपिसका मुर्सिद आलमले–३ विकेट लिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०