राष्ट्रपति रनिङ शिल्डका विजेताहरूलाई जनक स्कुलले गर्‍यो नगदसहित सम्मान

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ११ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । झोराहटको जनक मेमोरियल सेकेन्डरी बोर्डिङ स्कुलले हालै सम्पन्न छैटौं संस्करणको ग्रामथान गाउँपालिका अन्तर विद्यालययस्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेता खेलाडीहरूलाई सम्मान गरेको छ ।

ग्रामथान–२ झोराहाटस्थित आफ्नो प्रांगणमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै स्कुलले रनिङ शिल्डमा मेडल जित्ने आफ्ना विद्यार्थीहरूलाई सम्मान गरेको हो ।

Advertisement

जनक स्कुल राष्ट्रपति रनिङ शिल्डको साविकको विजेतासमेत हो । ग्रामथानका १३ संस्थागत र सामुदायिक स्कुललाई उछिन्दै पाँचौं संस्करणको राष्ट्रपति रनिङ शिल्डको विजेता बनेको थियो ।

त्यसबेला १० वटा गोल्ड जितेको जनक मेमोरियलले यसपालि पनि आफ्नो अब्बल प्रदर्शन कायमै राखेको थियो ।

फागुन ७ गतेदेखि दुई दिनसम्म ग्रामथान–६ स्थित पब्लिक माविमा भएको स्पर्धामा जनक मेमोरियल स्कुलले चारवटा विधामा स्वर्ण पदक जित्दै उत्कृष्ट प्रदर्शन गर्न सफल भएको छ ।

जनकका विद्यार्थीहरूले पुरुषतर्फको कबड्डीमा गोल्ड मेडल जितका थिए भने पुरुषतर्फकै आठ सय मिटर दौडमा पनि स्वर्ण पदक हात पारेको थियो ।

यसैगरी, पुरुषकै लङ जम्पमा स्वर्ण जितेको जनकले १५ सय मिटर दौडमा छात्रातर्फ पनि गोल्ड मेडल जितेको थियो ।

जनकबाट प्रतियोगितामा पदक जित्ने खेलाडीहरूलाई स्कुलका प्रिन्सिपल सुनील भगत, भाइस प्रिन्सिपल समुन्द्र पराजुली, कोर्डिनेटर ज्योति धितालले अबिर, खादा र माला लगाएर सम्मान गरेका हुन् ।

विजेता खेलाडीहरूलाई थप हौसला बढाउन भन्दै प्रिन्सिपल भगतले उनीहरूलाई पुरस्कारस्वरूप नगद प्रदान गरेका थिए ।

उनले पुरुष कबड्डी खेलाडीलाई नगद रु पाँच हजार रुपैयाँ र अरू स्वर्ण पदक विजेता खेलाडीलाई एक-एक हजार रुपैयाँ प्रदान गरेका थिए ।

विजेता विद्यार्थीहरूसँगै स्कुलले आफ्ना संस्थापक तथा खेल प्रशिक्षक करणकुमार माझीलगायत प्रशिक्षकहरूलाई पनि सम्मान गरेको थियो । विजेता विद्यार्थीहरूले नाचगान गर्दै जितको खुशीयाली साटासाट गरेका थिए ।

सम्मान कार्यक्रममा व्यवस्थापक सुखाराम माझी, आलोक अधिकारी, संस्थापक सुरेन्द्र भगत, वीरेन्द्र चौधरी, नित्यानन्द शाह, यमन सरदारलगायत शिक्षक–शिक्षिका र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

विगत ३३ वर्षदेखि ग्रामथानको शिक्षा क्षेत्रमा निरन्तर योगदान दिन सफल भएको जनक पालिकाभरि नै उत्कृष्ट नतिजा ल्याउन सफल छ ।

त्यसका अलाबा पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि आफूलाई साबित गराउँदै आएको जनकमा हाल एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०