इलाममा टिपरको ठक्करबाट घाइते भएका बाबु-छोराको ९ मिनेटको अन्तरालमा मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १० फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । इलाममा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार बाबु-छोराको मृत्यु भएको छ ।

इलामको  रोङ गाउँपालिका-३ हाँसपोखरीमा शुक्रबार साँझ ६:४० मा भएको उक्त दुर्घटनामा बाबु-छोराको मृत्यु भएको हो ।

Advertisement

मेची राजमार्गमा इलामबाट झापातर्फ जाँदै गरेको को १ ख ६४६२ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०३-००१ प १५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक सूर्योदय नगरपालिका-६ खादी गाउँ बस्ने ४० वर्षका दीर्घ राई गम्भीर घाइते भएका थिए ।

उनको शरीरको विभिन्न भागमा चोट लागेको थियो ।

सोही मोटरसाइकलमा पछाडि सवार उनकै बुबा अन्दाजी ७० वर्षका पवन राईको पनि शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका थिए ।

उनीहरूलाई उपचारका लागि बिएण्ड सि अस्पताल बिर्तामोड ल्याइएकोमा थियो ।

तर, उपचारका क्रममा छोरा दीर्घको बेलुका ८:१२ बजे मृत्यु भएको थियो ।

उनको मृत्यु भएको ९ मिनेटपछि बुबा पवनले पनि प्राण त्यागेका थिए ।

बाबु-छोराको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल, टिपर र टिपर चालक माईजोगमाई गाउँपालिका-२ शान्तिचोक बस्ने ३० वर्षका खगेन्द्र थामीलाई प्रहरी चौकी फिक्कलले नियन्त्रणमा लिएको छ ।

हुस्सु लागेर बाटो नदेखिँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०