विराटनगरको एभरेष्ट स्कुलमा दुई दिने ‘एभरेष्ट एजुकेसन एक्जिबिसन’ समापन

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ६ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका-५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले आयोजना गरेको दुई दिवसीय एभरेष्ट एजुकेशन एक्जिबिसन आज समापन भएको छ ।

दुई दिने एक्जिबिसनबाट विद्यार्थी र अभिभावकहरु भने निकै उत्साही भएको पाइएको छ ।

एक्जिबिसनमा भाग लिएका विद्यार्थीहरु किताबमा पढेका कुरालाई व्यवहारिक रुपमा आफ्ना अभिभावकलाई देखाउन पाउँदा निकै हर्षोल्लित बनेका देखिन्थे भने अभिभावक आफ्ना छोराछोरीको कौशलता हेरेर दङ्ग परिरहेका देखिन्थे ।

एक्जिबिसनमा कक्षा १० मा अध्ययनरत नातिको प्रदर्शन हेर्न पुगेका विराटनगर–१० का घनेन्द्र खड्काले भने ,‘स्कुलले दिएको यो अवसर बालबालिकाको लागि अत्यन्तै सुनौलो हो । यहाँ अनुभव गरेर सिक्ने अवसर प्रदान भएको छ । यो तरिका अत्यन्त मन प¥यो । यसले सिकेका कुरालाई व्यवहारमा उतार्न सिकाएको छ ।’

यस्तै अर्की अभिभावक रिता वरालले घरमा बच्चाहरुले केहि गर्लान जस्तो नलागे पनि यहाँ आएर हेर्दा भने धेरै गर्लान् जस्तो लागेको प्रतिकृया दिइन्। उनीसँगै रहेकी कक्षा १० की छात्रा धारणा वरालकी आमाले एक्जिबिसन धेरै राम्रो लागेको भन्दै अरु स्कुलको तुलनामा एभरेष्टको सिकाई पद्दति उत्कृष्ट रहेको प्रतिकृया दिइन्र। उनले भनिन, ‘यहि भएर होला मेरा छोराछोरी अन्य स्कुलमा जानै मानेनन् ।’

अभिभावक मात्र हैन, कक्षा ९ मा अध्ययनरत विद्यार्थी अनिरुद्र सेडाईं पनि विद्यालय प्रशासनलाई धन्यवाद दिँदै भने,‘ एक्जिबिसनले कक्षा कोठामा किताबमा अध्ययन गरेको कुरालाई सहि ठाउँमा ब्यवहारिक रुपमा प्रदर्शन गर्न सिकाएको छ । ‘टिम वर्क’मा काम गर्न सिकाएको छ । यसले हामीलाई सिक्ने अवसर प्रदान गरेको छ ।’

यस्तै कक्षा ९ कै सृजना खनालको बुझाईमा पनि एभरेष्ट स्कुलले हरेक वर्ष विभिन्न कार्यक्रम गरेर किताबी ज्ञान मात्र नभई शारिरिक, मानसिक तथा उर्जाशील भावनाको विकास गर्दै आएको छ ।

उनले भने, ‘यसरी आयोजना हुने विभिन्न कृयाकलापले ईसिए र सीसीएमा पनि निकै राम्रो प्रगति गरेको छ भने विद्यार्थीहरूमा ज्ञान र सीप सँगसँगै क्षमता विकासमा सहयोग पु¥याएको छ ।’

उनले ‘डिजी स्कुल’, ‘कारखाना’, ‘ह्याप्पीनेस करिकुलम’ लगायतका कोर्षले विद्यार्थीको क्षमता अभिवृद्धिमा अतुलनीय योगदान गरेको बताए ।

उनले भने ,‘एभरेष्टले गर्ने हरेक कार्यक्रमबाट हामी उत्साही हुँदै आएका छौं । ’

यस्तै कक्षा १० की छात्रा रिजु अधिकारीले एक्जिबिसन रमणीय मात्रै नभई धेरै कुरा सिक्ने थलोको रुपमा आफूहरुले पाएको बताइन् ।

उनले भनिन् ,‘हामीले नदेखेको–नसुनेको विषयमा पनि यस एक्जिबिसनले जानकारी दिएको छ ।’

सोमबार कक्षा यूकेजीदेखि ५ सम्म र मंगलबार ६ देखि १२ सम्मका विद्यार्थीहरुले प्रदर्शनी गरेका थिए ।

विभिन्न ४१ वटा स्टलमा विद्यार्थीहरुले दुई दिन नेपाली साँस्कृतिक विषयवस्तुदेखि अहिलेको आधुनिक आर्टिफिसियल एजेन्सी सम्मका विषयहरु प्रदर्शनीमा राखेका थिए ।

‘हाम्रो उद्देश्य भनेकै विद्यार्थीहरुले पाठ्यक्रममा सिकेको सबै कुरालाई व्यवहारिक रुपमा पनि ज्ञान हासिल गर्नुपर्छ भन्ने हो’ विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीले भने,‘ विद्यालयले भने जस्तै शिक्षा दिएको छ/छैन अवलोकन गरेर प्रमाणित गर्ने यो एउटा अवसर पनि हो ।’

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले दुई दिवसीय एक्जिबिसन अपेक्षा गरेभन्दा भब्य र सफल भएको बताए ।

उनले भने, ‘हाम्रा विद्यार्थीले सिकेका विषयहरु जसरी प्रदर्शनी गरे त्यो उच्चस्तरीय रहेको हामीले अनुभूति गरेका छौं । यसले हामीलाई विश्वस्तरीय शिक्षा यहीँबाट प्रदान गर्न सकिन्छ भन्नेमा हौसला मिलेको छ ।’

प्रकाशित समय: मङ्गलबार ६ फाल्गुण, २०८१, १९:१८:५०

सम्बन्धित खबर

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
५ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
५ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२४ घण्टाअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
२ दिनअघि
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०