विराटनगर । विराटनगर महानगरपालिका–१० संसारीमाईस्थानमा अवस्थित अर्किड कलेजले वस्तुगत परीक्षामा अब्बल अंक ल्याउने विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ ।
कलेजले बिहीबार सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गर्दै जीव विज्ञान र कम्प्युटर संकायबाट वस्तुगत परीक्षामा उत्कृष्ट अंक ल्याउने आठ जना विद्यार्थीहरूलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेहरूमा बाइलोजीका मञ्जील दाहाल, अनिल पोद्दार, मनिषा दाहाल, सुष्मिता मगर रहेका छन् ।
यस्तै कम्प्युटर संकायका सुलभ साह, विवश सापकोटा, राजा चौधरी र नमन कर्णलाई कलेजले पुरस्कृत गरेको हो ।
उनीहरूलाई सम्मान गर्दै कलेजका प्रिन्सिपल सिएम श्रेष्ठले आगामी दिनका लागि शुभेक्षा प्रकट गरे ।
कलेजले विज्ञान संकाय, कम्प्यूटर विज्ञान, व्यवस्थापन संकाय र होटल व्यवस्थापन संकायतर्फको अध्ययन गराइरहेको छ ।
२०६५ सालदेखि सञ्चालनमा आएको कलेजले विशिष्ट शिक्षकहरू अध्यापन गराइरहेको प्रिन्सिपल श्रेष्ठको भनाइ छ ।