विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका-६ कडेरुवामा सडक छेउमा बसिरहेको मानिसलाई कारले ठक्कर दिएको छ ।
गछियाबाट नेमुवातर्फ आउँदै गरेको प्रदेश ३-०१-०२३ च ३२८५ नम्बरको कारले कडेरुवा बस्ने ४० वर्षीय उमालाल चौधरीलाई ठक्कर दिएको हो ।
सोमबार साँझ ४ः३० बजेतिर आफ्नै घरअगाडि बाटो छेउमा बसिरहेको अवस्थामा कारले ठक्कर दिँदा उनी गम्भीर घाइते बनेका छन् ।
उनको विराट टिचिङ अस्पताल गंगाचोकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कार र चालक विराटनगर महानगरपालिका-८ बस्ने ६५ वर्षीय मेघराज श्रेष्ठलाई प्रहरी चौकी कोयलपुरले नियन्त्रणमा लिएको । छ ।
ओभरटेक गर्दैगर्दा उक्त दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।