सरस्वती पूजाकै दिन शारदाले मनायो वार्षिकोत्सव

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २१ माघ, २०८१
२ वर्षअघि

विराटनगर ।  मोरङको ग्रामथान गाउँपालिका-२ झोराहाटस्थित शारदा सेकेन्डरी बोर्डिङ स्कुलले आफ्नो वार्षिकोत्सव मनाएको छ ।

सरस्वती पूजाको दिन सोमबार स्कुल परिसरमा विविध कार्यक्रमको आयोजना गर्दै विद्यालयले १८औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सांगीतिक र साँस्कृतिक कार्यक्रमको आयोजनासमेत गरिएको थियो ।

जसमा कक्षा ५ मा पढ्ने सृष्टि माझीले प्रस्तुत गरेको गीत मन पराएर स्कुल समितिका श्यामसुन्दर यादव, समीर खतिवडा र नरेश न्यौपानेले एक हजार रुपैयाँ प्रदान गरेका थिए ।

त्यसैगरी, स्कुलले अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय, तृतीय स्थान ल्याउने विद्यार्थीहरूलाई मायाको चिनो र नगद पुरस्कार प्रदान गरेको थियो ।

यस्तै, २०८० मा राम्रो अंक ल्याउने छात्र/छात्रालाई मायाको चिनो र नगद पुरस्कारले सम्मान गरिएको थियो ।

कार्यक्रममा ग्रामथान गाउँपालिकाका शिक्षा शाखा अधिकृत भीमप्रसाद न्यौपाने, वडा नम्बर २ का अध्यक्ष यादव खतिवडा, अभिभापक तथा शिक्षक-शिक्षिकाको उपस्तिथि थियो ।

स्कुलका प्रिन्सिपल सञ्जयकुमार मण्डलले स्कुलले प्रत्येक वर्ष गर्दै आइरहेको क्रियाकलापबारे बेलिबिस्तार लगाएका थिए ।

स्कुलका विद्यार्थीहरूले २०६९ सालदेखि नै एसएलसी हुँदै एसइईमा अहिलेसम्म सर्वोत्कृष्ट अंक ल्याइरहेको उनको भनाइ छ ।

किताबी ज्ञानसँगै नृत्य, स्पिच, खेलकुद, संगीतलगायत अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट रहेको बताएका छन् ।

शारदाकै विद्यार्थी सुमिका सरदार राष्ट्रियस्तरका गायिका भइसकेको बताउँदै उनले यसै स्कुलमा पढेका विद्यार्थीहरू डाक्टर, इन्जिनियर, स्कुल पढाउने शिक्षक भइसकेको स्मरण गराएका छन् ।

ग्रामथान गाउँपालिका अध्यक्ष माझीले गाउँपालिकाले यस वर्ष सामुदायिक स्कुलका कक्षा १० मा पढ्ने एसइई दिने विद्यार्थीहरूलाई निःशुल्क कोचिङको व्यवस्था गरेको बताए ।

यसैगरी, स्कुलका भाइस प्रिन्सिपल उमेश लुइँटेलले ग्रामथान गाउँपालिकासहित सबैको साथ-सहयोग पाए स्कुललाई छिट्टै नै १२ कक्षासम्म सञ्चालन गर्ने सुनाए ।

साथै, आज विद्यार्थीहरूले स्कुल परिसर राखिएको शिक्षाकी देवी सरस्वती मन्दिरमा पूजा-अर्चना गरी उनको महिमा गाएका थिए ।

सरस्वती पूजाका दिन साना बालबालिकालाई अक्षर चिनाउने परम्परा रहँदै आएको छ । सोही अवसरमा नयाँ शैक्षिक सत्रको शुभारम्भ गर्दै बालबालिकाहरूले अक्षराम्भसमेत गरेका थिए ।

कार्यक्रममा स्थानीय शिक्षक, विद्यार्थी र अभिभावकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

प्रकाशित समय: सोमबार २१ माघ, २०८१, २१:१२:१३

सम्बन्धित खबर

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
५ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
५ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
२ दिनअघि
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०