विराटनगर । मोरङको विराटनगर महानगरपालिका-८ मा रहेको नमुना विद्या मन्दिरमा एक दिने स्पोर्ट्स मिट सम्पन्न भएको छ ।
बुधबार आयोजित स्पोर्ट्स मिटमा विद्यालयले बालकक्षादेखि एक कक्षासम्मका विद्यार्थीहरूलाई सहभागी गराएको थियो ।
अभिभावकहरूको उपस्थतिमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले आफ्नो खेलकौशल प्रस्तुत गरेका थिए ।
त्यसबाहेक विद्यार्थीहरूले नृत्य गरी कार्यक्रममा उपस्थित अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन गराएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्कुलका प्रिन्सिपल शिवप्रसाद अधिकारीले नमुना विद्या मन्दिरले पठनपाठनका अलाबा अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै आएको सुनाए ।
ममता भेटवाल अधिकारीको आतिथ्यता रहेको कार्यक्रममा नृत्य शिक्षक मनिष कटुवाल र गीता पोखरेल, मन्टेश्वरी इन्चार्ज काजल शाक्य राईको उपस्थिति रहेको थियो ।
कार्यक्रम सञ्चालन शिक्षक कृष्ण तामाङ र आरके मण्डलले गरेका थिए । नमुना विद्या मन्दिरमा हाल आठ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।