सिडिओलाई मार्दिन्छु भन्दै अपशब्द बोलेको आरोपमा ‘नो केबलकार’ अभियानका संयोजक पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १६ माघ, २०८१
२ वर्षअघि

विराटनगर । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीलाई ज्यान मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा फुङलिङ नगरपालिका-११ अस्थायी ठेगाना भएका ५२ वर्षीय प्रदीप मादेन रहेको ताप्लेजुङ प्रहरी प्रवक्ता डिएसपी रवि रावलले जानकारी दिए ।

Advertisement

रावलका अनुसार फुङलिङ नगरपालिका-११ मा ‘नो केबलकार समूह’ को आन्दोलनको नेतृत्व गरेका मादेनलाई अनुसन्धानका लागि मंगलबार बिहान पक्राउ गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई शनिबार मोबाइल फोनमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा मादेनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आरोपितले मोवाइल फोनमार्फत ज्यान मार्ने धम्की दिनुका साथै अपशब्द बोलेको प्रमुख जिल्ला अधिकारी शर्माले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारीलाई ज्यान मार्ने धम्की दिने आरोपितलाई फुङलिङ नगरपालिका-३ कोप्चेबजारबाट गिरफ्तार गरेको डिएसपी रावलले बताए ।

पहिचानवादी मोर्चा ताप्लेजुङको संयोजक रहेका मादेनमाथि शुक्रबार प्रहरीमाथि ढुंगामुढा गरेको आरोप छ ।

केबलकार निर्माणको विरोध गर्दै आएको नो केवलकार समूहले मंगलबारदेखि जिल्लामा चक्काजाम गरेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०