‘भर्चुअल अटिजम’ रोक्न हेरिटेजको नयाँ प्रयास

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १५ माघ, २०८१
२ वर्षअघि

विराटनगर । बालबालिकामा डिजिटल लत र भर्चुअल अटिजम रोक्ने उद्देश्यका साथ विराटनगरको हेरिटेज इन्टरनेसनल स्कुलले डिजिटल साक्षरता पाठ्यक्रम सुरु गर्ने भएको छ ।

बालबालिकामा बढ्दो डिजिटल लत र यसबाट उत्पन्न हुनसक्ने भर्चुअल अटिजमको जोखिमलाई मध्यनजर गर्दै विद्यालयले आगामी शैक्षिक सत्रदेखि पाठ्यक्रम नै सुरु गर्न लागेको हो ।

Advertisement

सानै उमेरदेखि बढ्दो स्मार्टफोन र ट्याब्लेटको प्रयोगले बालबालिकामा देखिन थालेको भर्चुअल अटिजमको समस्यालाई निराकरण गर्न स्कुलले फरक प्रयास थाल्न लागेको हो ।

अति सानो उमेरदेखि नै डिजिटल उपकरणको प्रयोगले बालबालिकाको भाषा विकास, सामाजिक सीप र संवेगात्मक विकासमा असर पार्न सक्ने जोखिम निराकरणको प्रयास गर्न लागिएको स्कुलका प्रिन्सिपल सुशान्त बानियाँले बताए ।

उनले आगामी वैशाखदेखि सुरु हुने नयाँ सेसनबाट लागू हुनेगरी पाठ्यक्रम तयार पारिएको जानकारी दिए ।

विशेषगरी मन्टेश्वरी तहका बालबालिकाका लागि हुनेगरी बनाएको पाठ्यक्रम नितान्त गतिविधिमूलक रहने उनको भनाइ छ ।

अत्यधिक स्क्रिन हेर्दा वा डिजिटल उपकरणको प्रयोगले बालबालिकाको सामाजिक सम्बन्ध, संवाद क्षमता र व्यवहारमा नकारात्मक असर पार्न सक्छ ।

यसै कुरालाई ध्यानमा राखेर तयार पारिएको पाठ्यक्रमको मुख्य उद्देश्य भनेको बालबालिकालाई प्रविधिको सकारात्मक प्रयोग सिकाउनु रहेको हेरिटेजकी डाइरेक्टर वर्णिका राठीले जानकारी दिइन् ।

यस्तै, मोन्टेश्वरी प्रमुख निर्मला तामाङले यो पाठ्यक्रमले साना नानीहरूलाई सानै उमेरदेखि डिजिटल युगमा जिम्मेवार र सचेत बन्न सिकाउने बताइन् ।

विराटनगर महानगरपालिका–४ सप्तकोशी मार्गमा रहेको हेरिटेज इन्टरनेसनलमा बालकक्षादेखि १० सम्ममा तीन सय विद्यार्थी अध्ययनरत छन् ।

जसमध्ये प्ले ग्रुपमा पढ्ने विद्यार्थीहरूका लागि स्कुलले फरक प्रयासस्वरूप डिजिटल साक्षरताको पाठ्यक्रम लागू गर्न लागेको हो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध

शुक्रबार ७ कार्तिक, २०८३
१ दिनअघि

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

शुक्रबार ७ कार्तिक, २०८३
१ दिनअघि

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना

मङ्गलबार ४ कार्तिक, २०८३
५ दिनअघि

रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप

सोमबार ३ कार्तिक, २०८३
६ दिनअघि
नेपालको कप्तान

शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै

सोमबार ३ कार्तिक, २०८३
६ दिनअघि

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
६ दिनअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०