भोलिदेखि पूर्वका विभिन्न सडक बन्द, मोटरसाइकल र अत्यावश्यक साधन चल्न दिइने !

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १४ माघ, २०८१
२ वर्षअघि

विराटनगर ।  ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा रहेको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’ले मंगलबार (भोलि) देखि पूर्वका विभिन्न सडक बन्द गर्ने भएको छ ।

पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माण खारेजीको माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले भोलिदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको हो ।

मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिले मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ जाने नाका बन्द गरेको हो ।

पहिचान आन्दोलन प्रचारप्रसार समितिका जेन्टल लावतीका अनुसार चारआलीदेखि ताप्लेजुङसम्मै यातायात बन्द हुने जानकारी दिए ।

उनका अनुसार मोटरसाइकल र अत्यावश्यक सवारी साधन भने चल्न दिइने भए पनि सार्वजनिक बस, निजी सवारी साधन बन्द हुने छ ।

केबलकार निर्माणको काम खारेजी नहुन्जेल र आन्दोलनमा परी घाइते भएकाहरूलाई सरकारले क्षतिपूर्ति नदिउन्जेलका लागि बन्दको घोषणा गरिएको उनको भनाइ छ ।

पाथीभरा क्षेत्रमा केबलकार बनाउन नहुने भन्दै पहिचान पक्षधरहरू निरन्तर आन्दोलित छन् । पहिचान पक्षधरले सेल्टरको रूपमा प्रयोग गर्दै स्थानमा पहिचान पक्षधरलाई तितरबितर पार्न प्रहरीको टोली पुग्दा झडप नै भएको थियो ।

माघ १२ गते साँझ सेल्टर क्षेत्रमा पुगेको प्रहरीलाई आन्दोलनरत पक्षले माथिबाट रोक्न खोजेपछि प्रहरीले गोली चलाएको थियो ।

उक्त घटनामा १९ प्रहरी र ६ जना प्रदर्शनकारी घाइते भएको थिए ।

प्रहरीको गोली लागेर गम्भीर घाइते भएका तीन आन्दोलनकारीको उपचार हाल काठमाडौंमा भइरहेको छ ।

प्रहरीले चलाएको गोली प्रहारबाट विरोधी समूहका तेहृथुम जिल्ला, म्याङलुङ नगरपालिका-९ का ३६ वर्षीय यामबहादुर लिम्बू, मिक्लाजुङ गाउँपालिका-५ का सगुन लावती, फुङलिङ नगरपालिका-८ का २० वर्षीय धर्म पालुङ्गवा र मिक्लाजुङका १७ वर्षीय बालक मंगोल लावती घाइते भएका छन् ।

यामबहादुरको बाँया गोडामा गोली लागेको छ । उनलाई जिल्ला अस्पतालमा प्राथमिक उपचार पश्चात नोबेल अस्पताल, विराटनगर रेफर गरिएको थियो ।

सगुन लावती अगाडीको बाँया छातीबाट गोली लागि पछाडिबाट बाहिरिएको र स्वास्थ्य अवस्था मध्यम रहेको छ ।

धर्म पालुङ्वाको बाँया कुममा चोट लागि हड्डी भाँचिएको छ । यामबहादुर, सगुन र धर्मलाई नोबेलबाट काठमाडौं पठाइएकोमा बाँया आँखामा चोट लागेका मंगोल लावतीको भने जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित समय: सोमबार १४ माघ, २०८१, १९:३०:०२

सम्बन्धित खबर

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
६ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
६ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
२ दिनअघि
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०