हिसान खेलसप्ताह : ग्रिनल्यान्डलाई कबड्डीको उपाधि, फुटबलमा कान्तिपुर र रेडस्टार फाइनलमा

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १४ माघ, २०८१
२ वर्षअघि

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताहअन्तर्गत ग्रिनल्यान्डले कबड्डीको उपाधि जितेको छ ।

सोमबार सम्पन्न कबड्डीको फाइनल खेलमा ग्रिनल्यान्ड कलेजले कान्तिपुर कलेजलाई हराउँदै उपाधि जितेको हो ।

Advertisement

दुई वर्षपछि हिसान खेलमा सहभागी बनेको ग्रिनल्यान्डले कान्तिपुर कलेजलाई ३६–२६ को स्कोरले पराजित गर्दै उपाधि जितेको हो ।

त्यस्तै शिक्षादीप कलेजले तेस्रो स्थान हात पारेको छ ।

यसैगरी छात्र फुटबलमा कान्तिपुर र रेडस्टार कलेज विजयी भई फानलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा कान्तिपुर कलेजले ग्यालेक्सि कलेजलाई पेनाल्टि सुटआउटमा ३–० को गोल अन्तरले पराजित गरेको छ ।

निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरीमा खेल खेलेपछि खेलको निणर्य पेनाल्टी सुट आउटबाट भएको हो । खेलको प्लेयर अफ द म्याच कान्तिपुरका जीवन चौधरी घोषित भए ।

दोस्रो खेलमा रेडस्टार कलेजले सेन्ट जोसेफ कलेजलाई ३–१ को गोलान्तरले पराजित गरेको छ ।

रेटस्टारको जितमा प्लेयर अफ द म्याच सोनम गुरुङले २ गोल र छोसाङ गुरुङले १ गरे । उता सेन्ट जोसेफका गिरिस कार्कीले १ गोल गरे ।

छात्रा फुटबलमा रेड स्टार कलेजले शिक्षादिप कलेजलाई ४–० को गोल अन्तरले पराजित गरेको छ । रेड स्टारको जितमा प्लेयर अफ द म्याच स्मृती राईले २ गोल तथा आशिका लिम्बु र एन्जिला राईले १–१ गोल गरिन् ।

सोमबारनै वैजनाथपुर क्रिकेट मैदानमा क्रिकेट खेलमा विकेभिएम र अरनिको कलेज विजयी भई सेमिफानलमा प्रवेश गरेको छ ।

पहिलो खेलमा विकेभिएम कलेजले नमुना विद्या मन्दिरलाई ८ विकेट पराजित गरि सेमिफानलमा प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङ गरेको नमुनाले निर्धारित २० ओभरको खेलमा ६ ओभरमा सवै विकेट गुमाई ३१ रन बनाएको थियो ।

नमुनाका कुनै पनि ब्याटरले दोहोरा अंकलाई छुन सकेनन् । विकेभिएमका प्लेयर अफ म्याच शिवम यादवले ह्याट्रिकसहित ४ विकेट लिँदा आकाश चौधरीले पनि ४ विकेट लिए ।

जवाफमा ३२ रनको झिनो चुनौती पाएको विकेभिएमले ३ दहमलव १ बलमा २ विकेट गुमाई लक्ष पार गरेको थियो ।

विकेभिएमका आकाश चौधरीले ९ रनको योगदान दिए । कान्तिपुरका रामरतन यादवले १ विकेट लिए ।

दोस्रो खेलमा मेरिल्याण्ड कलेजलाई साविक उपविजेता अरनिको कलेजले ९ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ गरेको मेरिल्याण्डले निर्धारित २० ओभरको खेलमा १३ दशमलव ३ बलमा सवै विकेट गुमाई २८ रनमा सिमित भयो ।

मेरिल्याण्डका कुनै पनि ब्याटरले दोहोरा अंकलाई छुन सकेनन् । अरनिकोका प्लेयर अफ म्याच अमर यादवले ४ विकेट लिए ।
जवाफमा २९ रनको चुनौती पाएको अरनिकोले ४ दशमलव ५ बलमा १ विकेट गुमाई सो विजयी लक्ष पार गरेको थियो ।

अरनिकोका अमन यादवले सर्वाधिक अविजित ११ रनको योगदान दिए ।

सोमबार भएको बास्केटबलको सेमिफाइन खेलमा शिक्षादिप कलेजले अरनिको कलेजलाई २४–२१ को अन्तरले पराजित गरेको छ ।

खेलको प्लेयर अफ म्याच शिक्षादिपका यूविन मगर घोषित भए ।

भलिबलको छात्रर्फ पहिलो खेलमा रेड स्टार कलेजले अर्किड कलेजलाई २–० को सेटले पराजित गरि फानलमा प्रवेश गरेको छ ।

छात्रातर्फ रेडस्मटा कलेजले शिक्षदिप कलेजलाई २–० को सोझो सेटले पराजित गरि फानलमा प्रवेश गरेको छ । खेलको प्लेयर अफ द म्याच रेड स्टारककी आश्मा राई घोषित भइन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०