ताप्लेजुङ घटना : २० जना प्रहरी घाइते, गोली लागेका तीन आन्दोलनकारीलाई काठमाडौं पठाइयो

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ माघ, २०८१
१ वर्षअघि

विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा रहेको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’ र प्रहरीबीच भएको झडपमा परी घाइते भएका तीन जनालाई काठमाडौं लगिएको छ ।

घटनामा १९ प्रहरी र ६ जना प्रदर्शनकारी घाइते भएकोमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका तीन आन्दोलनकारीलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको हो ।

उनीहरूलाई थप उपचारका लागि आइतबार बिहान मात्रै विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । नोबेलबाट थप उपचारका लागि काठमाडौं पठाएको हो ।

केवलकार निर्माणको विरोध गर्दै आएको समूहले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नो केबलकार समूहको आक्रमणमा नेपाल प्रहरीका ११ जना र सशस्त्र प्रहरीका नौ जना गरी २० जना घाइते भएका थिए ।

नो केबलकार समूहले आक्रमण गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा पौडेलले बताए ।

प्रहरीले चलाएको गोली प्रहारबाट विरोधी समूहका तेहृथुम जिल्ला, म्याङलुङ नगरपालिका-९ का ३६ वर्षीय यामबहादुर लिम्बू, मिक्लाजुङ गाउँपालिका-५ का सगुन लावती, फुङलिङ नगरपालिका-८ का २० वर्षीय धर्म पालुङ्गवा र मिक्लाजुङका १७ वर्षीय बालक मंगोल लावती घाइते भएका छन् ।

यामबहादुरको बाँया गोडामा गोली लागेको छ । उनलाई जिल्ला अस्पतालमा प्राथमिक उपचार पश्चात नोबेल अस्पताल, विराटनगर रेफर गरिएको थियो ।

सगुन लावती अगाडीको बाँया छातीबाट गोली लागि पछाडिबाट बाहिरिएको र स्वास्थ्य अवस्था मध्यम रहेको छ ।

धर्म पालुङ्वाको बाँया कुममा चोट लागि हड्डी भाँचिएको छ । यामबहादुर, सगुन र धर्मलाई नोबेलबाट काठमाडौं पठाइएकोमा बाँया आँखामा चोट लागेका मंगोल लावतीको भने जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

केबलकार निर्माण खारेजीको माग गर्दै पहिचान पक्षधरहरू बलुडाँडामा भेला भएका छन् । यो क्षेत्रलाई पहिचान पक्षधरले सेल्टरको रूपमा प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरी टोली पहिचान पक्षधरलाई तितरबितर पार्न शनिबार दिउँसो सो क्षेत्रमा पुगेको थियो ।

माघ १२ गते साँझ पुनः सेल्टर क्षेत्रमा पुगेको प्रहरीलाई आन्दोलनरत पक्षले माथिबाट रोक्न खोजेपछि प्रहरीले गोली चलाएको थियो ।

शान्तिपूर्ण आन्दोलनको तयारी गर्दा राज्यले मान्छे ताकेर गोली प्रहार गरेको किराँत याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले आरोप लगाएकी छन् ।

प्रकाशित समय: आईतबार १३ माघ, २०८१, २०:२८:५८
सहकारीको ऋण नतिरे जमानीकर्ता र नातेदारसम्मको बैंक खाता रोक्का हुने
बिहिबार ७ साउन, २०८३
रास्वपाका सभापति चीन भ्रमणमा जाने
बिहिबार ७ साउन, २०८३
पशु सेवा विभागले भन्यो, बर्डफ्लु संक्रमण देखिएको छैन
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन पुगेका दुई महिला पक्राउ
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै
बिहिबार ७ साउन, २०८३
अमेरिका र साउदीबीच आणविक ऊर्जा सम्झौता
बिहिबार ७ साउन, २०८३
नास्पाती बोक्ने गाडीमा लुकाएर राखिएको ६५२ केजी गाँजा बरामद
बिहिबार ७ साउन, २०८३
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ
बुधबार ६ साउन, २०८३
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार
मङ्गलबार ५ साउन, २०८३
बागमती सरकारबाट बाहिरिँदै एमाले
मङ्गलबार ५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०