खोटाङको एउटा गाउँमा कोक, स्प्राइटजस्ता कोल्ड ड्रिंक्स प्रतिबन्ध, प्रयोग गरेमा १० हजारसम्म जरिवाना !

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ माघ, २०८१
२ वर्षअघि

खोटाङ । स्वास्थ्यलाई असर गर्ने र फजुल खर्च हुने भएकाले खोटाङको एउटा सिंगो गाउँले कोक, स्प्राइटजस्ता कोल्ड ड्रिंक्स प्रतिबन्ध लगाएको छ ।

जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाको साविक ३ नम्बर वडा टोल विकास समितिले ड्यु, स्प्राइट, पेप्सी, कोकजस्ता आयातित पेय पदार्थ प्रयोग नगर्ने निर्णय गरेको हो ।

समितिको माघ १२ गते भएको निर्णयअनुसार आगामी दिनमा गाउँमा हुने शुभकार्य वा अशुभकार्य सबैमा ड्यु, पेप्सी, कोक जस्ता पेय पदार्थ प्रयोग गर्न पाइने छैन् ।

टोल विकास समितिले गरेको निर्णय उल्लंघन गरेमा पहिलो पटक ५ हजार, दोस्रो पटक ७ हजार र तेस्रो पटक १० हजार जरिवाना तिर्ने निर्णयसमेत गरिएको टोल विकास समितिका अध्यक्ष सर्वधन राईले बताए ।

गाउँमा हुने बिहे, पास्नी, छेवर, मरौपरौ जस्ता सामाजिक कार्यमा बहुराष्ट्रिय तथा राष्ट्रिय कम्पनीका पेय पदार्थलाई प्रयोग नगर्ने निर्णय गरिएको उनको भनाइ छ ।

टोल विकास समिति एवं साविक तीन नम्बर वडामा ४० घर रहेका छन् । उक्त ४० घर नै साम्पाङ राईको रहेको छ ।

सबै घरका सदस्य उपस्थित भएर पेय पदार्थ बन्द गर्ने निर्णय गरिएको अध्यक्ष राईले बताए ।

हाल ड्यु, पेप्सी, कोक गाउँमा प्रतिबन्ध गरिएको छ । अब विस्तारै अन्य बियर, रम जस्ता आयातीत पेय पदार्थ र जंग फुट पनि प्रतिबन्ध गर्ने योजना बनाइएको टोल विकास समितिका अध्यक्ष राईले बताए ।

ड्यु, पेप्सी, कोकको सट्टा हाललाई चिया, दुध दही प्रयोग गरिने उनको भनाइ छ ।

सम्भव भएसम्म गाउँमै स्थानीय फलफुलको जुस उत्पादन गरेर प्रयोग गर्ने योजना रहेको अध्यक्ष राईले बताए ।

अहिले गाउँमा हुने हरेक कार्जेमा ड्यु, पेप्सी, कोक अनिवार्य जस्तै भएका छन् ।

जसकारण सामन्य कार्जे गर्दा पनि २० हजार बढी ड्यु कोकमै खर्च हुने गरेको छ ।

उक्त फजुल खर्च रोक्न यस्तो निर्णय गरिएको टोल विकास समितिका सल्लाहकार ओमकार राईले बताए ।

खोटाङकै बुइपाका पाँच गाउँले पनि आयातीत पेय पदार्थ यस अघिनै रोक्ने निर्णय गरिसेकेका छन् ।

बुइँपाको गैरीफुलेली, टारी, खुसुङ्खा, उर्लेनी र छापगाउँले आयातीत पेय पदार्थमा रोक लगाएका हुन् ।

प्रकाशित समय: आईतबार १३ माघ, २०८१, २०:१३:४६

सम्बन्धित खबर

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
७ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
७ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
२ दिनअघि
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०