पाँच लाख धरौटीमा छुटे ॠषिकेशका पूर्वस्वकीय अनिल

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० माघ, २०८१
२ वर्षअघि

विराटनगर । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल धरौटीमा छुटेका छन्  ।

जिल्ला अदालत माेरङले बिहीबार नेकपा एमालेका नेतासमेत रहेका अनिललाई ५ लाख धराैटीमा छाड्ने आदेश दिएको हो ।

Advertisement

व्यक्ति ठगी मुद्दामा न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले उनलाई ५ लाख धराैटीमा छाड्ने आदेश दिएकाे हाे ।

मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार पाेखरेलविरुद्ध बुधबार ठगी मुद्दा दायर भएको थियाे ।

बिहीबार बयान र थुनछेक बहसपछि ५ लाख रुपैयाँ धराैटीमा छाड्ने आदेश दिएको उनले जानकारी दिए ।

पाेखरेलमाथि पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ का बौआलाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आराेप छ ।

गत २५ पुसमा पाेखरेल पक्राउ परेका थिए ।

प्रहरीले पोखरेलविरुद्धको अनुसन्धान १२ दिनमै सकेर मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

बुधबार सरकारी वकिलको कार्यालयले पोखरेलविरुद्ध ठगी भएको ३८ लाख ८० हजार रकम फिर्ता र सोही बराबरको बिगो र ठगी मुद्दामा अधिकतम कैदको दाबीसहित मुद्दा दर्ता भएकाे थियाे ।

अनिल ठगी मुद्दामा जाेडिएपछि सभापति पाेखरेलले उनलाई जिम्मेवारीबाट हटाएका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०