हिसान खेल : पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्यान्ड विजयी

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० माघ, २०८१
२ वर्षअघि

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्याण्ड विजयी भएका छन् ।

बिहीबार भएको फुटबलको पहिलो खेलमा कान्तिपुर कलेजले विकेभिएम स्कुललाई पेनाल्टीसुट आउटमा ४–३ को गोल अन्तरले पराजित गरेको छ ।

Advertisement

निर्धारित समयमा दुवै टिम गोलरहित बराबरी खेले पछि खेलको निणर्य पेनाल्टी सुटआउटबाट भएको हो ।

खेलको प्लेयर अफ द म्याच कान्तिपुरका भरत चौधरी(राजन)घोषित भए ।

दोस्रो खेलमा जेभियर्स स्कुलले अरनिको कलेजलाई ४–० गोलको अन्तरले पराजित गरेको छ ।

जेभियर्सका प्लेयर अफ द म्याच आकाश विकले २ गोल तथा आर्या त्रिखत्री र सुमित साहले १–१ गोल गरे ।

तस्रो खेलमा ग्यालेक्सि पब्लिक स्कुलले ग्रामथानको बुद्ध कलेजलाई २–१ को गोल अन्तरले पराजित गरेको छ ।

ग्यालेक्सिको जितमा प्लेयर अफ द म्याच सुजन सरदार र दिपककुमार चौधरीले १–१ गाले गरे भने बुद्धका गणेशकुमार थारुले १ गेल फर्काए ।

बिहीबार नै वैजनाथपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा साविक विजेता कान्तिपुर कलेजले भानु कलेजलाई ३४ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित १० ओभरमा ३ विकेट गुमाई ७९ रन बनाएको थियो । कान्तिपुरमा प्लेयर अफ म्याच क्रितिक कामतले सर्वाधिक ३३ रन बनाए ।

भानुका हरेराम सिंह र राहन शर्माले १–१ विकेट लिए ।

जवाफमा ८० रनको चुनौती पाएको भानुले ९ दशमलव २ बलमा सबै विकेट गुमाई ४५ रनमा सीमित भयो ।

भानुका सुजित महतोले सर्वाधिक १० रनको योगदान दिए ।

कान्तिपुरका खेमराज हमाल र अरविन्द मण्डलले ३–३ विकेट लिए ।

दोस्रो खेलमा म्रिल्याण्ड कलेजले सगरमाथा कलेजलाई ५७ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको मेरिल्याण्डले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ३ बलमा सवै विकेट गुमाई ९७ रन बनाएको थियो ।

मेरिल्याण्डका महमद अलीले सर्वाधिक २१ रनको योगदान दिए ।

सगरमाथाका आयुस कार्की, ब्रहमदेव यादव र प्रियान्सु गोसाईले २–२ विकेट लिए ।

जवाफमा ९८ रनको चुनौती पाएको सगरमाथाले ८ दशमलव १ बलमा सवै विकेट गुमाई ४० रनमा सीमित भयो ।

सगरमाथाले अचिरिक्त १८ रनबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् ।

मेरिल्याण्डका प्लेयर अफ म्याच आयुस साहले २ दशमलव १ बलमा ६ विकेट लिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०