सार्वजनिक लेखा समितिले भन्यो : सिमेन्टको मूल्य तत्काल घटाऊ

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० माघ, २०८१
२ वर्षअघि

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि अस्वाभाविक भएकाले तत्काल घटाउन निर्देशन दिएको छ ।

समितिले बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उद्योगीलाई बोलाएर गरेको छलफलमा सिमेन्टको मूल्यवृद्धि अस्वाभाविक भएकाले तत्काल घटाउन निर्देशन दिएको हो ।

मूल्यवृद्धि तथ्यमा हुनुपर्ने भएकामा यतिबेला मूल्य बढाउनु अस्वाभाविक देखिएको भन्दै समितिले मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

बजारमा सिमेन्टको मूल्य अस्वाभाविक रूपमा बढेको उजुरी परेपछि समितिले बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, उद्योगी र व्यवसायीलाई बोलाएर छलफल गरेको थियो ।

छलफलमा उद्योग, वाणिज्य आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्टको मूल्यवृद्धिबारे उठेका प्रश्नको जवाफ दिँदै चार सय रुपियाँ रहेको सिमेन्टको मूल्य आठ सय रुपियाँ पुगेको भन्ने सत्यता नभएको बताए ।

उनले भने, “निर्माण व्यवसायी र उद्योगी दुवैलाई सँगै राखेर र छुट्टाछुट्टै बसेर छलफल गरेका छौं । उत्पादनमा अभाव र बजारमा मूल्यवृद्धिका विषयमा उद्योगी र निर्माण व्यवसायीसँगै राखेर चाँडै टुङ्ग्याउँछौं ।”

हेटौँडा र उदयपुर सिमेन्ट घाटा खाएर बिक्री भइरहेको मन्त्री भण्डारीले जानकारी दिए ।

“उद्योगको मूल्य लागत अनुसार फरक फरक छ, हाल ओपिसी सिमेन्टको मूल्य ६५० र पिपिसी ७५० रुपियाँसम्म छ,” मन्त्री भण्डारीले भने, “सिमेन्टको मूल्य ७५ प्रतिशतसम्म वृद्धि भएको भन्ने होइन ।”

छलफलमा सांसद राजन केसीले सिमेन्टको मूल्य उद्योगीले काट्रेलिङ गरेर आठ सय रुपियाँ पुर्‍याउँदा पनि सरकार मौन भएर बसेको आरोप लगाए ।

सिमेन्टको मूल्य बढाउँदा निर्माणको काम रोकिएर त्यसको असर अर्थतन्त्रमा पर्ने हुँदा मूल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्ने उनको भनाइ छ ।

सिमेन्ट उत्पादक संघका पूर्वअध्यक्ष ध्रुव थापाले उद्योग क्षेत्रमा भएको लामो लोडसेडिङका कारण लागत मूल्य बढ्दा सिमेन्टको मूल्य बढेको जानकारी दिए ।

व्यवसायीले भने अनुसार बजारमा सिमेन्टको मूल्यवृद्धि नभएको उनको भनाइ छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले उद्योगीले सिमेन्टमा गरिरहेको कालोबजारीलाई सरकारले अध्यादेशमार्फत वैधता दिएको बताए ।

सिमेन्टको मूल्य बढ्दा विकास निर्माणको काम १५ प्रतिशतसम्म लागत खर्च महँगो परेको उनको भनाइ छ ।

सिमेन्ट उद्योगीले मनपरी ढङ्गले मूल्य बढाउँदा त्यसको असर विकास निर्माणमा परेको उनको भनाइ छ ।

सिमेन्टमा बढेको मूल्यवृद्धिको विषय सडकदेखि संसदीय समितिसम्म पुगेपछि त्यस विषयमा अध्ययन गर्न सांसद सञ्जय गौतमको संयोजकत्वमा उपसमितिसमेत गठन गरिएको छ ।

बजारमा उद्योग अनुसार सिमेन्टको मूल्य फरक फरक रहेका छन् ।

प्रकाशित समय: बिहिबार १० माघ, २०८१, ०७:२९:०२

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
१ घण्टाअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
८ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
८ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०