हिसान मोरङले खेलसप्ताह आयोजना गर्दै

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ८ माघ, २०८१
२ वर्षअघि

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले खेलसप्ताह आयोजना गर्ने भएको छ ।

हिसान मोरङले मंगलबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर खेलसप्ताहको बारेमा जानकारी गराएको हो ।

औपचारिक रूपमा माघ १० गतेदेखि १६ गतेसम्म हुने भए पनि फुटबल खेल मंगलबार (आज)देखि सुरु भएको छ ।

खेलसप्ताहमा महिला तथा पुरुष फुटबल, भलिबल, टेबल टेनिस, कवड्डीसहित पुरुष क्रिकेट, बाँस्केटबल तथा लामो तथा छोटो दुरीको दौड प्रतियोगिता जस्ता इभेन्ट्स हुने मोरङ अध्यक्ष अमित ढकालले जानकारी दिएका छन् ।

अध्यक्ष ढकालका अनुसार हिसानमा आबद्ध मोरङ जिल्लाका ३२ कलेजमा ११ र १२ कक्षा अध्ययनरत करिव १७ सय विद्यार्थी सहभागी गराइने छ ।

अध्यक्ष ढकालका अनुसार पुरुष फुटबलमा २२ वटा विद्यालय सहभागी हुनेछन् । फुटबलमा बेस्ट स्कोरर, किपर र प्लेयरका साथै २१ वटा प्लेयर अफ द म्याच दिइने भएको छ ।

त्यसैगरी १७ टिम सहभागी हुने भविबल खेलमा बेस्ट स्पाइकर, रेजर, ब्लकर, सर्भर र डिफेन्सरका साथै १६ वटा प्लेयर अफ द म्याच दिने योजना रहेको छ ।

क्रिकेटमा १३ टिम सहभागी हुनेछन् । जसमा उत्कुष्ट बलर, ब्याटर प्लेयर अफ द सिरिज सहित १२ वटा प्लेयर अफ द म्याचसमेत दिइनेछ ।

खेलकुद विधातर्फ फुटबल र भलिबलमा प्रथम र दोस्रो हुने टिमलालाई ट्रफी र प्रमाणपत्र, बास्केटबलमा प्रथमलाई, लामो तथा छोटो दुरीको दौडका साथै टेवल टेनिसमा प्रथम, दोस्रो, तेस्रो र चौंथो हुने खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्रले सम्मान गरिने अध्यक्ष ढकालले बताए ।

खेल विधामध्ये क्रिकेट विराटनगर १९ स्थित क्रिकेट रंगशालामा, फुटबल शहीद रंगशालामा, भविबल, कवड्डी, बास्केटबल डिपिएस स्कूलमा र टेवल टेनिस कवर्ड हलमा आयोजना हुनेछ ।

खेल अवधिभर आयोजकले ३० लाख खर्च हुने अनुमान गरेको छ ।

मंगलबार भएको फुटबल खेलमा विराटनगरको अर्किड कलेजलाई वेलबारीको शिक्षा सन्देश कलेजले पेनाल्टी सु्टआउटमा ४–३ को गोल अन्तरले पराजित गरेको छ ।

निर्धारित समयमा दुवै टिमले बराबरी खेलेपछि खेलको निणर्य पेनाल्टी सुआउटबाट भएको हो । खेलको प्लेयर अफ म्याच वेलबारीका गोरकिपर प्रशान्त न्यौपाने भए ।

प्रकाशित समय: मङ्गलबार ८ माघ, २०८१, १९:०२:३७

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
५६ minutes

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
८ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
८ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०