हिरासतमा आशिकाले गल्ती महसुस गर्दै माफी मागिन्, प्रहरीले फोन खोसेपछि यस्तो समस्या…

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ६ माघ, २०८१
२ वर्षअघि
विराटनगर । सामाजिक अभियन्ता बताउने आशिका तामाङ हाल हिरासतमा छिन् । अभद्र व्यवहार कसुर शीर्षकमा माघ २ गते पक्राउ परेकी आशिका अहिले गौशाला प्रहरी चौकीको हिरासतमा छिन् ।
आइतार साँझ उनको सामाजिक सञ्जाल फेसबुकमार्फत् एउटा पोस्ट भएको छ, जसमा उनले आफूले गल्ती महसुस गरेको बताएकी छन् ।
‘मलाई प्रहरीले समातेर हिरासतमा राखेपछि छोराछोरीले जर्मन बाउसँग कुरा गर्न पाएको छैनन् । मेरो दुई ओटै फोन प्रहरीले जफत गरेर चौकीमै छ, अनुसन्धान हुँदैछ होला, के होला !,’ आशिकालाई भेट्न पुगेका भाइलाई उनले भनेकी छन्, ‘उता जर्मन बाउसँग कुरा गराइदे है कान्छा ।’
‘आशिका दिदीको मुहारमा प्रष्ट देखिन्थ्यो, उहाँ छोराछोरीलाई धेरै सम्झिरहनु भएको छ भनेर आफ्नो गल्ती पनि महसुस गर्नु भएको छ,’ उनले भनेकी छन्, ‘भोलि प्रहरीले म्याद थप्न लाने भन्नू भएको छ रे । के हो मैले बुझेकी छैन । मैले माफी पनि मागीसकेँ । म अन्याय सहन नसक्ने बोल्दा अलि बढी बोल्न पुगेँ । मैले यसलाई महसुस गरेर माफी पनि मागिसकेँ । तर फेरि भक्तपुर चौकी लाने रे म्याद थप्ने भन्ने के के कुरा आएको छ ।’
यसैगरी उनले आफूलाई हिरासतमा बस्न वा जेल बस्न डर नलागे पनि छोराछोरीको पीरले सताएको सुनाइन् ।
‘हिरासत वा जेल बस्नमा मलाई कति पनि डर छैन, चिन्ता छैन,’ उनले भनेकी छन्, ‘तर मेरो छोराछोरीलाई के होला भनेर मात्र पीर परेको छ कान्छा । राम्रोसँग खाना दे है, पैसा छैन भने मैले ल्याएको अलि कति चार-पाँच सय युरो होला । साटेर चला है ।
छोराछोरीलाई मम्मी गाउँ जानू भएको छ दुई-चार दिन काम सकेर छिटै आउनु हुन्छ भन्नू है ।’
गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा अनुसन्धान गर्न तामाङलाई पक्राउ गरिएको थियो ।

तामाङविरुद्ध प्रहरीले पुस २८ गते नै अभद्र व्यवहार कसुर शीर्षकमा जिल्ला प्रशासन कार्यालय बबरमहल काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो ।

जिल्ला प्रशासनको अनुमतिले बुधबार तामाङलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

पछिल्लो समय पशुपति क्षेत्र विकास कोष परिसरमा तामाङले महिला प्रहरीलाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

उनले आफूलाई सामाजिक अभियन्ता भन्दै फेसबुकलगायत सामाजिक सञ्जालमा भिडिओहरू पनि पोस्ट गर्ने गरेकी छन् ।

कुनै बेलाकी चलचित्र कलाकार, पेसाले नर्स आशिका पछिल्लो समय सोसल मिडियामा निकै चर्चित छिन् ।

१५ वर्ष जर्मनी बसेर स्वदेश फर्केकी उनी अहिले नेपालका सरकारी निकाय, सार्वजनिक स्थानमा भइरहेको आर्थिक बेथिति र अत्याचारको उजागर गर्दै आएको दाबी गर्छिन् ।

केही वर्षअघि ‘जनावरको हत्या गर्नु, खानु तर घरपरिवार, घरबार नभएका खसी, खसिनीहरूलाई हत्या गर्नू’ भनेर ट्रोल बनेकी उनले यसबीचमा ‘दुःखी, पीडित’लाई सहयोग गरेर मनग्य समर्थक पनि बटुलिसकेकी छन् ।

फेसबुकमा उनलाई १५ लाखले फलो गरेका छन् । केही वर्षयता समर्थकले उनलाई ‘सामाजिक अभियन्ता’ भन्ने गरेका छन् ।

प्रकाशित समय: आईतबार ६ माघ, २०८१, १९:४७:४०

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२ घण्टाअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
९ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
९ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०