कसरी कुटिएका थिए कोशीका पूर्वमुख्यमन्त्री ? (घटनाको नालीबेलीसहित)

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ६ माघ, २०८१
२ वर्षअघि

विराटनगर । शनिबार साँझतिर कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा पिकनिक खाएर फर्किँदै थिए । नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको पिकनिक कार्यक्रममा सहभागी भएर उनी घरतर्फ लागेका थिए ।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका थापाको गाडीमा चालक र पिएसओ पनि थिए । साँझ करिब ६ बजे पूर्व–पश्चिम राजमार्गमा थापा चढेको बा १ झ ६५३ नम्बरको गाडीले अर्को एउटा गाडीलाई ओभरटेक गर्‍यो ।

थापा सवार गाडीले उछिनेको गाडीमा नेपाल विद्युत् प्राधिकरण सुरुङ्गाका कर्मचारी थिए । प्राधिकरणको बा.१ झ १८७० नम्बरको गाडी पछि पर्‍यो । पुनः उनीहरूले थापा सवार गाडीलाई ओभरटेक गरे । यसपछि भने उनीहरूले पूर्वमुख्यमन्त्री थापा चढेको गाडीलाई उछिन्न दिएनन्, न त साइड नै दिए ।

विद्युत्को गाडीले साइड नदिएको भनेर थापाका ड्राइभर जंगिए । एकतमासले साइरन बजाएपछि विद्युत्को गाडी रोकियो । साँझ करिब ६ बजे पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका –२ जुकेकल्भर्ट भन्ने स्थानमा रोकिएर थापा सवार गाडी र प्राधिकरणका कर्मचारी सवार गाडी रोकिए ।

दुवै गाडीका चालकले एकछिन भनाभन गरे । आगलागीमा हिँडेको बताउने उनीहरूले थापाका चालकलाई अश्लील शब्द प्रयोग गर्दै भने, ‘भिआइपी भन्दैमा मनलाग्दी गर्ने ?’

थापाका चालक र पिएसओ बाहिर रहेर विवाद गरिरहँदा थापा भने गाडीभित्रै थिए । विद्युत् सर्ट भएर आगलागी भइरहेको बताएपछि थापाले गाडीको झ्याल खोले र भने, ‘आगलागी हो भने हामी पनि जान्छौं !’

लगत्तै थापाका ड्राइभरले विद्युत्का चालकलाई थप्पड हिर्काए । त्यसपछि गल्तीबिना आफूलाई कुटेको भन्दै प्राधिकरणका चालकले थापाका ड्राइभरलाई मुक्का बजारे । अनि, थापालाई अश्लील गाली गर्दै ती कर्मचारीले आँखामाथि एक बक्सिङ हाने ।

त्यतिबेलासम्म पिएसओले ‘ए…ए’ मात्र भन्न भ्याए ! विद्युत्का कर्मचारी भने गाडी स्टार्ट गरेर हुँइकिए ।

पछि प्रहरीले पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण गर्ने दुई जनालाई पक्राउ गर्‍यो । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय, बिर्तामोडमा राखिएको छ ।

थापा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारपछि आफ्नो निवासमा फर्किएका छन् । थापाको कुटपिटबाट आँखा सुन्निएको र अनुहारमा चोट लागेको छ । यसै विषयलाई लिएर नेपाली कांग्रेस झापाले कारबाहीको माग गरेको छ ।

(घटनाबारे थापाका स्वकीय सचिव नविन बिमली र प्राधिकरणका एक कर्मचारीसँग शब्द एक्सप्रेसले गरेको फोन संवादको आधारमा तयार गरिएको हो )

प्रकाशित समय: आईतबार ६ माघ, २०८१, १६:०८:२७

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२ घण्टाअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
९ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
९ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०