पूर्वमुख्यमन्त्री थापालाई कुटपिट गर्नेहरू विद्युत् प्राधिकरणका कर्मचारी

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ६ माघ, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापामाथि आक्रमण गर्ने दुई जना पक्राउ परेका छन् ।

गृहजिल्ला झापाको कनकाईस्थित जामुनबारी चोकमा थापामाथि शनिबार साँझ आक्रमण भएको थियो ।

Advertisement

कुटपिटमा संलग्न भएको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ रहेका छन् ।

उनीहरू दुवै विद्युत् प्राधिकरण सुरुंगाका कर्मचारी रहेको बुझिएको छ ।

भिआइपी सवार गाडीलाई साइड नदिएको र भिआइपी भनेर चिनेपछि उनीहरू थापामाथिआक्रमण गरेका हुन् ।

उनीहरूलाई इप्रका बिर्तामोडमा राखिएको छ ।

नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको पिकनिक कार्यक्रममा सहभागी भएर थापा घरतर्फ फर्किँदै थिए ।

त्यसैक्रममा हिजो साँझ करिब ६ बजे पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका –२ जुकेकल्भर्ट भन्ने स्थानमा उनीमाथि कुटपिट भएको थियो ।

विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद भएको थियो ।

विद्युत प्राधिकरण सुरुंगाका कर्मचारी चढेको बा.१ झ १८७० नम्बरको गाडीलाई थापा चढेको बा १ झ ६५३ नम्बरको गाडीले ओभरटेक गर्न खोजेपछि विवाद भएको थियो ।

थापाको सुरक्षामा खटिएका सुरक्षाकर्मीले ‘भिआईपी’ भनेर जानकारी गराउँदै गर्दा एक युवकले मुक्का प्रहार गरेका थिए ।

थापा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारपछि आफ्नो निवासमा फर्किएका छन् । थापाको कुटपिटबाट आँखा सुन्निएको र अनुहारमा चोट लागेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०