जनक मेमोरियलको सञ्चालकमा नयाँ सदस्यको आगमन

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ४ माघ, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ जनक मेमोरियल सेकेन्डरी बोर्डिङ स्कुलको सञ्चालक समितिमा नयाँ सदस्यहरूको आगमन भएको छ ।

विद्यालयको भाइस प्रिन्सिपल, कोर्डिनेटर र काउन्सेलरका रूपमा स्कुलले नयाँ सदस्यहरूलाई भित्र्याएको हो ।

Advertisement

शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै स्कुलले भाइस प्रिन्सिपलका रूपमा समुन्द्र पराजुली, परामर्शदाताका रूपमा नित्यानन्द साह र कोर्डिनेटरका रूपमा ज्योति धिताललाई भित्र्याएको हो ।

उनीहरूलाई जनकका प्रिन्सिपल सुनील भगत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीप्रसाद रिजाल बोर्ड डाइरेक्टरका पदाधिकारी यमनाथ पौडेललगायतले स्वागत गरेका थिए ।

स्वागत कार्यक्रममा बोल्दै प्रिन्सिपल भगतले शिक्षण सिकाइका अलाबा अतिरिक्त क्रियाकलापमा पनि अब्बल देखिएको स्कुललाई नयाँ सदस्यको आगमनले थप सशक्त बनाउने बताए ।

हाल स्कुलले प्याब्सन स्पोर्ट्स मिट र राष्ट्रपति रनिङ शिल्डको तयारी थालेको उनको भनाइ छ ।

कोर्डिनेटरमा नियुक्त भएका ज्योति धितालले आगामी दिनमा आफ्नो जिम्मेवारीबाट नपन्छिने बताउँदै समस्या, गुनासाहरू निर्धक्कका साथ राख्न विद्यार्थीहरूलाई आग्रह गरे ।

यसैगरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीप्रसाद रिजालले जनक स्कुल विगत ३३ वर्षदेखि शिक्षा क्षेत्रमा निरन्तर योगदान दिन सफल भएको बताउँदै नयाँ सदस्यको आगमनबाट थप योगदान थपिने बताए ।

कार्यक्रममा व्यवस्थापक सुखाराम माझी, बोर्ड डाइरेक्टरका पदाधिकारी कुमार खतिवडा, सुरज अधिकारी, आलोक अधिकारी, सुरेन्द्र माझी, वीरेन्द्र चौधरी, करण माझी तथा अन्य शिक्षक–शिक्षिका र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

पालिकाभरि नै उत्कृष्ट नतिजा ल्याउन सफल जनकमा हाल एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०