किन केपी ओलीसँग तुलना गरिँदै छ, रास्वपाका स्वर्णिम वाग्लेलाई ?

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २ माघ, २०८१
४ हप्ताअघि

विराटनगर । नेपालीमा एउटा चर्चित उक्ति छ, ‘कहीँ नभएको जात्रा हाँडीगाऊँमा ।’ त्यस्तै, दृश्य तनहुँको आँबुखैरेनीमा पनि देखिएको छ ।

गत पुस २७ गते आँबुखैरेनीको रामशाह माध्यमिक विद्यालयको वार्षिकोत्सव थियो । जसमा प्रमुख अतिथि थिए, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद् स्वर्णिम वाग्ले ।

भव्य रूपमा आयोजित कार्यक्रममा स्वर्णिमलाई स्वागत गर्न नयाँ शैली अपनाइएको थियो ।

जिपलाइनमा झुण्डिएर विद्यार्थीले स्वर्णिमलाई माला लगाइदिए ।

विद्यार्थीको ज्यानै जोखिममा पारेर स्वागत गरिएको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सो भिडियोबारे प्रतिक्रिया दिँदै सामाजिक सञ्जालका अधिकांश प्रयोगकर्ताले स्वर्णिमलाई भविष्यको ‘युवा केपी ओली’ भनिरहेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ता खुशी लामा लेख्छिन्,‘तपाईकै रास्वपा पार्टीका नेता हुन् नि त । अझै पनि यिनीहरूले देश र जनताको लागि केही राम्रो काम गर्लान् भनेर वकालत गर्नु भनेको चाँहि सीधै जनताको आँखामा छारो हाल्ने काम मात्रै हो । भविष्यको युवा ओली ।’

कतिपयले स्वर्णिमलाई स्वागत गरिएको उक्त कार्यलाई ‘चटक’ को संज्ञा दिएका छन् । सनिज विष्टले भनेका छन्,‘यो खालको स्वागत अलि बढी चटक देखिने रहेछ ।’ विद्यार्थीको ज्यान जोखिममा राखेर स्वागत गरिदिएको भन्दै केहीले आपत्ति जनाएका छन् ।

‘नयाँ जोगीले धेरै खरानी घस्छन् भनेको यही हो । विचरा स्कूलको विद्यार्थीलाई ज्यानै जोखिम मोलेर’ खड्का महेशले लेखेका छन् । त्यसैगरी, पूर्णचन्द्र दवाडी भन्छन्, ‘नेपाली जनताले सीमाभन्दा बढी नेताहरुको पाउ पुज्छन् । सबैभन्दा बढी झोले बनेपछि अवसर पाउने पुराना दलको गुलामशैली भन्दापनि नाजुक । त्यसैले त नेता हिटलर बन्छन् । जनता गुलाम,ओली, देउवा, प्रचण्डलाई साँढे बनाउने पनि यस्तै गुलामवादी जनता हुन् ।’

केही भने स्वर्णिमको बचाऊमा उत्रिएका छन् । त्यसमा नेताको नभई आयोजकको दोष रहेको उनीहरुको ठहर छ । आरती मगरले भनेका छन्,‘यो नेताको दोष होइन । आयोजकको दोष हो । फेरि यो स्काउट टिमको प्रदर्शनी कार्यक्रम पनि भएकोले यो इभेन्ट देखाइएको हो । स्काउटमा यस्ता इभेन्टहरू थुप्रै हुन्छन् ।’

कोपिला श्रेष्ठ भन्छिन्,‘होइन, यसरी स्वागत गर्नुपर्छ भनेर स्वर्णिम सरले भन्नुभएको हो र ? यो त स्काउटका विद्यार्थीहरुको प्रस्तुति थियो । जता पनि नराम्रो मात्र किन देख्नुपर्यो !’

यता, विद्यालयको स्काउट शिक्षक पृथ्वीबहादुर गुरुङले स्काउटमा रहेका विद्यार्थीहरुले वार्षिकोत्सवको अवसरमा आफ्नो कला देखाएको बताए । हरेक वर्ष वार्षिकोत्सवमा स्काउटका विद्यार्थीले विभिन्न क्रियाकलाप गर्ने उनको भनाइ छ ।

हरेक वर्ष विद्यार्थीहरुले विभिन्न कला देखाउँदै आएको बताउँदै उनले यस वर्ष स्वर्णिमलाई स्काउटका विद्यार्थीले आफ्नो कला देखाउँदै स्वागत गरेको बताए ।

आफूहरूले एक दशमलव पाँच टनको डोरी प्रयोग गरेको कारण कुनै जोखिम नरहेको पनि उनले स्पष्ट पारे ।

प्रकाशित समय: बुधबार २ माघ, २०८१, १७:३९:४२

सम्बन्धित खबर

कपिलवस्तु अदालतका दुई कर्मचारी भ्रष्टाचारी ठहर !

मङ्गलबार २९ माघ, २०८१
२ दिनअघि

बराहक्षेत्रमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु

मङ्गलबार २९ माघ, २०८१
२ दिनअघि

ओभरटेक गर्दा कारले ठक्कर दियो सडक छेउमा बसिरहेको मानिसलाई, एक जना गम्भीर घाइते

मङ्गलबार २९ माघ, २०८१
२ दिनअघि

खोटाङमा आरोप पुष्टि नभई प्रहरीले हत्कडी लगाएको भन्दै बलात्कारका आरोपित झुन्डिए !

सोमबार २८ माघ, २०८१
२ दिनअघि

सार्वजनिक शौचालय बनाउन सुन्दरहरैंचा विराट एक्स्पो

सोमबार २८ माघ, २०८१
३ दिनअघि

खेलसप्ताह सकेर विद्यार्थी पुर्‍याउँदै गरेको बस दुर्घटना, चालक र एक विद्यार्थीको मृत्यु

सोमबार २८ माघ, २०८१
३ दिनअघि
प्रादेशिक आम सञ्चार विधेयक सहमति मै पारित हुन्छ : मुख्यमन्त्री कार्की
बुधबार ३० माघ, २०८१
किड्स भिलेजमा बालबालिकाको सर्वांगीण विकासका लागि चार दिने ‘स्पोर्ट्स मिट’
बुधबार ३० माघ, २०८१
दुई लाख रुपैयाँसम्म पुग्न सक्छ, सुनको भाउ !
बुधबार ३० माघ, २०८१
कपिलवस्तु अदालतका दुई कर्मचारी भ्रष्टाचारी ठहर !
मङ्गलबार २९ माघ, २०८१
मेयर बालेनको काम मात्र होइन, सिर्जना पनि ‘ट्रेन्डिङ’ मा (भिडियोसहित)
मङ्गलबार २९ माघ, २०८१
बलात्कारका
झापामा १० वर्षीया बालिका बलात्कृत, २१ वर्षका आचार्य समातिए
मङ्गलबार २९ माघ, २०८१
बराहक्षेत्रमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु
मङ्गलबार २९ माघ, २०८१
ओभरटेक गर्दा कारले ठक्कर दियो सडक छेउमा बसिरहेको मानिसलाई, एक जना गम्भीर घाइते
मङ्गलबार २९ माघ, २०८१
खोटाङमा आरोप पुष्टि नभई प्रहरीले हत्कडी लगाएको भन्दै बलात्कारका आरोपित झुन्डिए !
सोमबार २८ माघ, २०८१
सार्वजनिक शौचालय बनाउन सुन्दरहरैंचा विराट एक्स्पो
सोमबार २८ माघ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०