किन केपी ओलीसँग तुलना गरिँदै छ, रास्वपाका स्वर्णिम वाग्लेलाई ?

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २ माघ, २०८१
२ वर्षअघि

विराटनगर । नेपालीमा एउटा चर्चित उक्ति छ, ‘कहीँ नभएको जात्रा हाँडीगाऊँमा ।’ त्यस्तै, दृश्य तनहुँको आँबुखैरेनीमा पनि देखिएको छ ।

गत पुस २७ गते आँबुखैरेनीको रामशाह माध्यमिक विद्यालयको वार्षिकोत्सव थियो । जसमा प्रमुख अतिथि थिए, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद् स्वर्णिम वाग्ले ।

Advertisement

भव्य रूपमा आयोजित कार्यक्रममा स्वर्णिमलाई स्वागत गर्न नयाँ शैली अपनाइएको थियो ।

जिपलाइनमा झुण्डिएर विद्यार्थीले स्वर्णिमलाई माला लगाइदिए ।

विद्यार्थीको ज्यानै जोखिममा पारेर स्वागत गरिएको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सो भिडियोबारे प्रतिक्रिया दिँदै सामाजिक सञ्जालका अधिकांश प्रयोगकर्ताले स्वर्णिमलाई भविष्यको ‘युवा केपी ओली’ भनिरहेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ता खुशी लामा लेख्छिन्,‘तपाईकै रास्वपा पार्टीका नेता हुन् नि त । अझै पनि यिनीहरूले देश र जनताको लागि केही राम्रो काम गर्लान् भनेर वकालत गर्नु भनेको चाँहि सीधै जनताको आँखामा छारो हाल्ने काम मात्रै हो । भविष्यको युवा ओली ।’

कतिपयले स्वर्णिमलाई स्वागत गरिएको उक्त कार्यलाई ‘चटक’ को संज्ञा दिएका छन् । सनिज विष्टले भनेका छन्,‘यो खालको स्वागत अलि बढी चटक देखिने रहेछ ।’ विद्यार्थीको ज्यान जोखिममा राखेर स्वागत गरिदिएको भन्दै केहीले आपत्ति जनाएका छन् ।

‘नयाँ जोगीले धेरै खरानी घस्छन् भनेको यही हो । विचरा स्कूलको विद्यार्थीलाई ज्यानै जोखिम मोलेर’ खड्का महेशले लेखेका छन् । त्यसैगरी, पूर्णचन्द्र दवाडी भन्छन्, ‘नेपाली जनताले सीमाभन्दा बढी नेताहरुको पाउ पुज्छन् । सबैभन्दा बढी झोले बनेपछि अवसर पाउने पुराना दलको गुलामशैली भन्दापनि नाजुक । त्यसैले त नेता हिटलर बन्छन् । जनता गुलाम,ओली, देउवा, प्रचण्डलाई साँढे बनाउने पनि यस्तै गुलामवादी जनता हुन् ।’

केही भने स्वर्णिमको बचाऊमा उत्रिएका छन् । त्यसमा नेताको नभई आयोजकको दोष रहेको उनीहरुको ठहर छ । आरती मगरले भनेका छन्,‘यो नेताको दोष होइन । आयोजकको दोष हो । फेरि यो स्काउट टिमको प्रदर्शनी कार्यक्रम पनि भएकोले यो इभेन्ट देखाइएको हो । स्काउटमा यस्ता इभेन्टहरू थुप्रै हुन्छन् ।’

कोपिला श्रेष्ठ भन्छिन्,‘होइन, यसरी स्वागत गर्नुपर्छ भनेर स्वर्णिम सरले भन्नुभएको हो र ? यो त स्काउटका विद्यार्थीहरुको प्रस्तुति थियो । जता पनि नराम्रो मात्र किन देख्नुपर्यो !’

यता, विद्यालयको स्काउट शिक्षक पृथ्वीबहादुर गुरुङले स्काउटमा रहेका विद्यार्थीहरुले वार्षिकोत्सवको अवसरमा आफ्नो कला देखाएको बताए । हरेक वर्ष वार्षिकोत्सवमा स्काउटका विद्यार्थीले विभिन्न क्रियाकलाप गर्ने उनको भनाइ छ ।

हरेक वर्ष विद्यार्थीहरुले विभिन्न कला देखाउँदै आएको बताउँदै उनले यस वर्ष स्वर्णिमलाई स्काउटका विद्यार्थीले आफ्नो कला देखाउँदै स्वागत गरेको बताए ।

आफूहरूले एक दशमलव पाँच टनको डोरी प्रयोग गरेको कारण कुनै जोखिम नरहेको पनि उनले स्पष्ट पारे ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा

शनिवार १ कार्तिक, २०८३
६ घण्टाअघि

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
७ घण्टाअघि

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
११ घण्टाअघि

दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका

शनिवार १ कार्तिक, २०८३
११ घण्टाअघि

रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै

शनिवार १ कार्तिक, २०८३
११ घण्टाअघि

गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन

शनिवार १ कार्तिक, २०८३
११ घण्टाअघि
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०