जनकमा विन्टर क्याम्प : ग्रामथान प्रमुख माझीले गरे उद्घाटन, ४५ विद्यार्थीले सिक्दैछन् यस्ता सिप

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २९ पुस, २०८१
२ वर्षअघि

ग्रामथान गाउँपालिका–२ झोराहटस्थित जनक मेमोरियल सेकेन्डरी बोर्डिङ स्कुलले सोमबारबाट दुई दिने विन्टर क्याम्पको थालनी गरेको छ । जनकबाट स्काउटमा आबद्ध ४५ जना विद्यार्थीहरूलाई सहभागी गराएर जनक स्काउट दलले आजदेखि विन्टर क्याम्प सुरु गरेको हो ।

विन्टर क्याम्पको उद्घाटन ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझी, नेपाल स्काउटको सहराष्ट्र प्रमुख आयुक्त किरण गिरी, स्कुलका प्रिन्सिपल सुनिल भगत, विद्यालय व्यवस्थापक सुखाराम माझी, लेखा अधिकृत आलोक अधिकारीलगायतले विन्टर क्याम्पको उद्घाटन गरे ।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि माझीले यस्ता खेलकुदका कार्यक्रमले विद्यार्थीहरूलाई निकै नै फाइदा तुल्याउने सुनाए । यसैगरी माझीले सामुदायिक विद्यालयसँगै शिक्षा क्षेत्रमा योगदान दिने संस्थागत विद्यालयलाई पनि पालिकाबाट आउने अवसर दिलाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै नेपाल स्काउटका सहराष्ट्र प्रमुख आयुक्त किरण गिरीले विद्यार्थीहरूको आत्मबल, ज्ञान, सिप र अनुशासन बढाउन पनि विन्टर क्याम्पले ठुलो भूमिका खेल्ने बताए ।

स्वागत् मन्तव्य राख्दै विद्यालयका प्रिन्सिपल सुनिल भगतले स्काउटको मर्म र भविष्य देखेर यतातर्फ विद्यार्थीलाई आबद्ध गराउने ग्रामथानकै जनक पहिलो स्कुल भएको सुनाए । जनक स्कुलको स्काउट ट्रुपले विद्यार्थीमा थप आत्मविश्वास बढाउन उल्लेखनीय काम गरिरहेको भगतको भनाइ छ ।

विन्टर क्याम्पमा वटर फ्लाई गेट, टनल, मंकी क्रलिङ, ह्याङिग ब्रिज, टायर जम्प, मेड माइङ, बेम्बो वाक, थ्रीपोल टावर, टायर वाकलगायत विधामा सहभागी गराइने क्याम्प चिफ प्रल्हाद राजवंशीले बताए । उनका अनुसार फन गेम र साहसिक गतिविधिमात्र नभएर विपद व्यवस्थापन (किचन फायर सेफ्टी), प्राथमिक उपचारलगायत विषयमा तालिम पनि विन्टर क्याम्पमा दिइने बताए ।

उद्घाटन कार्यक्रममा स्काउट आबद्ध जनकका विद्यार्थीका साथै शिक्षक–शिक्षिका, अभिभावकहरूको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित समय: सोमबार २९ पुस, २०८१, १७:४०:३५

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
३ घण्टाअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
१० घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
१० घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०