रवि फेरि प्रहरी हिरासतमा, भोलि नै अदालतमा उपस्थित गराइने

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २८ पुस, २०८१
२ वर्षअघि

विराटनगर । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः प्रहरी हिरासतमा पुगेका छन् ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका लामिछाने पुनः प्रहरी हिरासतमा पुगेका हुन् ।

Advertisement

सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेसँग जिल्ला अदालत काठमाडौंले आज बयान लिएको थियो ।

थुनछेक बहस नसकिएकाले उनलाई प्रहरी हिरासतमा पठाइएको जिल्ला अदालतका काठमाडौं स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

थुनछेक बहस नसकिएकाले त्यो कायम हुँदासम्मका लागि प्रहरी हिरासतमा पठाउनु भन्ने न्ययाधीशको आदेशबमोजिम रविलाई प्रहरीकहाँ पठाइएको हो ।

काठमाडौं अदालतमा आफैं उपस्थित भएका उनलाई न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रहरीको जिम्मा लगाउन आदेश गरेको हो ।

अदालतको आदेशअनुसार प्रहरीले लामिछानेलाई सोमबार पुनः अदालत उपस्थित गराउनुपर्ने छ । लामिछानेको बयान सकिएको भनेर बहसका लागि वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ अदालत पुगेका थिए ।

तर, आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले बहस गर्न नसक्ने विषय सरकारी वकिलले इजलासमा उठाएपछि न्यायाधीश अधिकारीको इजलासले सोमबार पुनः उपस्थित गराउने गरी उनलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा जिल्ला अदालत कास्कीको आदेशबाट ६५ लाख रूपैयाँ धरौटी बुझाएर छुटेका लामिछाने काठमाडौं अदालतको आदेशबाट न्यायिक हिरासतमा जाने भएका छन् ।

उनलाई भद्रकालीस्थित काठमाडौं प्रहरीको हिरासतमा राखिने भएको छ । सोमबार पुनः अदालत पेस गरिने र बिहान ११ बजेबाट थुनछेक बहस हुने बताइएको छ ।

जिल्ला अदालत कास्कीले ६५ लाख धरौटी लिएर पुर्पक्षका लागि तारिखमा राख्न आदेश दिएपछि गत बिहीबार हिरासतमुक्त भएका लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।

कास्कीमा लामिछानेविरुद्ध पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम दुरुपयोगसहित संगठित अपराध र सम्पत्ती शुद्धीकरणसम्बन्धी मुद्दा अहिले पनि विचाराधीन छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०