विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-६ कैनी स्थित भित्री ग्राभेल सडकमा शनिबार मध्याह्न १२:०० बजेतिर ट्र्याक्टरबाट लडेर एक व्यक्ति घाइते भएका छन् ।
डाइनियाबाट पथरीतर्फ जाँदै गरेको मे१त ३१९६ नम्बरको ट्र्याक्टरबाट मोरङ रंगेली नगरपालिका-४ चोप्राका ४५ वर्षीय मुरलीप्रसाद मण्डल एक्कासि लडेर घाइते भएका हुन् ।
घाइते मण्डललाई उपचारका लागि बेलुकी ६:२५ बजे विराट टिचिङ अस्पताल विराटनगर लगिएको छ । उनको टाउको, बायाँ खुट्टा र नाकमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको अस्पतालका प्रहरीले जनाएको छ ।
दुर्घटनापश्चात ट्र्याक्टर चालक रंगेली नगरपालिका-४ का ३०-३२ वर्षीय सचिन कुमार मण्डल ट्र्याक्टर सहित फरार भएका थिए ।
तर प्रहरी चौकी झपडतलले राति ८:४० बजे ट्र्याक्टरलाई नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । चालक मण्डल हाल उपचारमा रहेका छन् ।
प्रहरीका अनुसार दुर्घटनाको कारण चालकको लापरवाही रहेको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय रंगेलीबाट करिब १८ किलोमिटर उत्तर-पूर्वमा पर्छ ।