कोशी प्रदेशसभामा पहिलोपटक मनाइयो पृथ्वीजयन्ती

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २७ पुस, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशसभामा राष्ट्रिय एकता दिवस तथा ३०३औँ पृथ्वी जयन्ती मनाइएको छ ।

कोशी प्रदेशसभा सचिवालयले शनिबार बिहान एक कार्यक्रमको आयोजना गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको हो ।

Advertisement

कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले सचिवालय परिसरमा राखिएको पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना आदान-प्रदान गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित भई गत वर्षको पुसमा सभामुख बनेका विष्टले गणतन्त्रपछि साझा रूपमा कोशी प्रदेशसभामा पहिलोपटक पृथ्वी जयन्ती मनाएका हुन् ।

छरिएर रहेका स-साना बाइसे चौबिसे राज्यहरूलाई एकीकरण गरी आधुनिक नेपाल राष्ट्रको निर्माण गर्ने पृथ्वीनारायणको स्मरण गर्दै उनले राजावादीले मात्र नभएर सबैले पृथ्वी जयन्ती मनाउनुपर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशसभा सचिव गोपाल पराजुलीले अनेकताबीच एकताको परम्पराको बिजारोपण पृथ्वीनारायणकै अगुवाइमा भएकोले उनको दिब्योपदेश अहिलेपनि उत्तिकै सान्दर्भिक रहेको सुनाए ।

२०१२ सालदेखि पुस २७ गतेलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ । यो दिवस राष्ट्र एकीकरण अभियानका सबै वीर योद्धहरूप्रति पनि समर्पित छ ।

नेपाललाई सबैको साझा फूलबारी हो भन्ने राजा पृथ्वीनारायणको जन्म विक्रम संवत् १७७९ पुस २७ गते पिता राजा नरभूपाल शाह र आमा कौशल्यावती देवीबाट भएको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०