विराटनगर । मोरङको विराटनगर महानगरपालिका-३ बरगाछीस्थित एक होटलबाट प्रहरीले ५२ किलो गाँजा बरामद गरेको छ ।
बरगाछी चोकनजिकै रहेको दियालो होटल सञ्चानन गर्दै आएका रबिनप्रसाद कार्कीले होटल भएको घरमा अबैध गाँजा राखेको भन्ने सूचनाका आधारमा छापा मार्दा प्रहरीले दुई बोरा गाँजा बरामद गरेको हो ।
घरको कम्पाउण्डमा रहेको परालभित्र दुईवटा प्लाष्टिकको बोरामा राखेको गाँजाको तौल ५२ किलो रहेको छ ।
इलाम फाकफोकथुम-९ एकतप्पा घर भई विराटनगरमा होटल सञ्चालन गर्दै आएका कार्की भने फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।