सेन्ट जोसेफमा ‘मुन’ नामक कार्यक्रम : कलिला विद्यार्थीहरूले उठाए विश्वका गहकिलो मुद्दा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २६ पुस, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–२ मा अवस्थित सेन्ट जोसेफ स्कुलले दुईदिने सयुक्त राष्ट्रसंघीय ढाँचाको कार्यक्रम सम्पन्न गरेको छ ।

बिहीबार र शुक्रबार दुई चरणको ‘मोडल अफ युनाइटेड नेसन’ (मुन) कार्यक्रम गरेको सेन्ट जोसेफले विश्वमा विद्यमान समस्या र समाधानका बाटोबारे स्कुलका विद्यार्थीहरूलाई बहसमा उतारेको हो ।

गत वर्षदेखि बर्सेनि रूपमा विद्यार्थीहरूलाई सहभागी गराउँदै स्कुलले ‘मुन’ नामक उक्त कार्यक्रम गर्न थालेको हो ।

अघिल्लो वर्ष ४५ जनाको सहभागितामा कार्यक्रम गरेको स्कुलले दोस्रो संस्करणमा कक्षा ५ देखि १० कक्षासम्मका ७२ जना विद्यार्थीहरूलाई सहभागी गराएको कार्यक्रमका संयोजक तथा स्कुलका भाइस प्रिन्सिपल पवनसिंह राजपुतले जानकारी दिए ।

‘विभिन्न देशको प्रतिनिधिको भूमिका निर्वाह गराएर आयोजना गरिएको यो दोस्रो संस्करणको कार्यक्रम हो,’ उनले भने, ‘यस्ता कार्यक्रम संयुक्त राष्ट्र संघलगायतले विभिन्न समयमा गरिरहेका हुन्छन् । यो ट्रेन्डलाई पछ्याएर हामीले मुन नामक कार्यक्रम गरेका हौं ।’

कार्यक्रममा विद्यार्थीहरूले विश्वका विभिन्न राष्ट्रका बारेमा अनुसन्धान गरी विद्यमान समस्या, चुनौती र समाधानका बारेमा समूह बनाएर छलफल गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरूको समूहले विश्वमा भइरहेका विभिन्न समस्याका बारेमा छलफल गरी समाधानका विषयमा प्रस्तुति दिएको स्कुलका निर्देशक रोहितजंग थपलियाले जानकारी दिए ।

विद्यार्थीहरूको अन्तर्राष्ट्रिय समसामयिक मुद्दाहरूलाई बुझ्ने र सोच्ने क्षमताको विकास गर्न स्कुलले यस्तो कार्यक्रम गरेको उनको भनाइ छ ।

त्यसबाहेक विद्यार्थीको व्यक्तित्व विकासमा सघाउ पुर्‍याउन, अनुसन्धान र विश्लेषण क्षमता बढाउनका लागि गरिएको उक्त कार्यक्रमले आगामी वर्षहरूमा पनि निरन्तरता पाउने निर्देशक थपलिया बताउँछन् ।

‘आजको सबैभन्दा महत्त्वपूर्ण पाटो भनेको खोजी-अनुसन्धानमा अब्बल भई प्रस्तुतिमा निखारपन ल्याउनु हो, यसैले विद्यार्थीका लागि यस्ता कार्यक्रम जरुरी हुन्छ,’ उनले थपे ।

प्रकाशित समय: शुक्रबार २६ पुस, २०८१, १८:२३:००

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
४ दिनअघि

बिहिबार १ असोज, २०८३
६ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
७ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०