लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणमा दुहबी नगरपालिका दोस्रो

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २४ पुस, २०८१
२ वर्षअघि

दुहबी । लैंगिक समानता तथा सामाजिक समावेशीकरणका विभिन्न सय सूचक पार गर्दै दुहबी नगरपालिकाले दोस्रो स्थान हाँसिल गरेको छ ।

वरिष्ठ समाजशास्त्री डा. चन्द्र उपाध्याय तिम्सिनाले दुहबी नगरपालिकाको विभिन्न शाखाहरूसँग चरणबद्ध छलफल र पाँच समूहमा लिएको परीक्षणपछि उक्त नतिजा आएको हो ।

Advertisement

सूचकको आधारमा प्राप्त नतिजालाई तीन तहमा वर्गीकरण गरिएको थियो ।

कुल प्रतिशतको ८० प्रतिशत माथिलाई सर्वोत्कृष्ट, ६० देखि ८० सम्म दोस्रो र ४० देखि ६० सम्मलाई सामान्य भनी विभाजन गरिएको थियो ।

दुहबी नगरपालिकाले सम्पूर्ण सूचकमध्ये ६१.५ प्रतिशत प्राप्तांकसहित दोस्रो स्थान हासिल गरेको हो ।

दुहबीले नगर प्रमुख वेदनारायण गच्छादारको अध्यक्षतामा २०७८/७९ मा नै लैंगिक समानता तथा सामाजिक समावेशीतासम्बन्धी कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलले उपमेयर मेनुका खतिवडाको अध्यक्षता रहने गरी उपसमिति गठन गरी चरणबद्ध रूपमा यस क्षेत्रमा काम गर्दै आएको छ ।

नेपाल सरकारले वार्षिक बजेट तथा नीति कार्यक्रम बनाउँदा हरेक पालिकाको लिजाका आधारमा बजेट विनियोजन गर्ने हुँदा लिजाको लागि पनि यो सूचक महत्त्वपूर्ण डकुमेन्ट रहने छ ।

लैंगिक असमानता, सामाजिक बहिस्करण, भौगोलिक विभेदले जकडिएको समाजलाई समतामूलक ढंगले निर्माण गर्ने उद्देश्य नेपालको संविधान २०७२ को छ ।

संविधानको धारा १६ ले सबै ब्यक्तिहरूको सम्मानपूर्वक बाँच्ने हक, धारा ४२ ले सामाजिक न्यायको हक, धारा १७ ले स्वतन्त्रताको हक, धारा १८ ले समानताको हक, धारा ३८ ले महिलाको हक, धारा ४३ ले आर्थिक विपन्न, अशक्त असहाय एकल महिलालाई सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ ।

त्यस्तै धारा ५१( ञ ) मा सामाजिक न्याय र समावेशीकरणसम्बन्धी नीतिको ब्यावस्थाका साथै धारा ५२ ले राज्यले गर्नुपर्ने दायित्वको ब्यावस्था गरेको छ ।

स्थानिय सरकार सञ्चालन ऐनको दफा २४ ले पालिकाले आफ्नो अधिकारक्षेत्रभित्रका लागि स्थानियस्तरका विकाश आवधिक, वार्षिक रणनीतिगत रूपमा मध्यकालीन तथा दीर्घकालिन योजना बनाई लागू गर्नुपर्ने कुरालाई कानुनी दायित्वको रूपमा ब्यवस्था गरेको छ ।

यसैलाई मध्यनजर गर्दै दुहबी नगरपालिकाले लैससाससम्बन्धी नीतिगत र ब्यवहारिक विषयलाई जोड्दै दुईदिने कार्यशाला गोष्ठीको आयोजना गरेको थियो ।

कार्यक्रममा दुहबी नगरप्रमुख बेद गच्छादारको अध्यक्षता रहेको थियो भने उपप्रमुख मेनुका खतिवडा, प्रमुख प्रशासकीय अधिकृत हिमालय बराल, वडा अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा दुहबीले संयोजन गरेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०