सुन्दरहरैंचामा प्रथम थारू माघी महोत्सव हुने, १० हजार जनाले अवलोकन गर्ने अनुमान

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २३ पुस, २०८१
२ वर्षअघि

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा ‘प्रथम थारू माघी महोत्सव-२०८१’ हुने भएको छ ।

थारू सांस्कृतिक संग्रहालयले प्रथम थारु माघी महोत्सव २०८१ सप्ताहव्यापी मनाउने भएको हो ।

माघी पर्वको अवसरमा सुन्दरहरैंचा-४ मा रहेको थारू सांस्कृतिक संग्रहालयको आयोजनामा यहीँ माघ १ गते देखि ७ गतेसम्म माघी महोत्सव हुने भएको हो ।

सुन्दरहरैँचा-४ दुलारी स्थित हवेली टोलमा रहेको थारू सांस्कृतिक संग्रहालयको परिसरमा साताव्यापी महोत्सव हुने भएको हो ।

कृषि, उद्योग, व्यापार र पर्यटनको समृद्धि-सभ्यता पहिचान सहितको संस्कार र सस्कृती भन्ने मूल नाराको साथ महोत्सव गर्न लागिएको मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

माघी महोत्सवमा थारू खानपिन/परिकार, प्रदर्शनी एवम् बिक्री, थारू सीप हस्तकला, प्रदर्शनीलगायतका करिब ७० भन्दा बढी स्टलहरू रहने छ ।

माघी पर्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी थारू संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको महोत्सवका संयोजक तेजनारायण चौधरीले बताए ।

महोत्सवमा थारू सांस्कृतिक झाँकी र्‍याली प्रदर्शन, सांस्कृतिक प्रस्तुति, थारू खानपिन प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला प्रदर्शन तथा दैनिक राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने संयोजक चौधरीले बताए ।

‘महोत्सवमा ४० वटा औद्योगिक र ३० वटा खानपिनको स्टल हुनेछ । त्यसका साथै हामीले स्थानीयस्तरका कलाकारहरूको प्रस्तुतिलाई समेत विशेष प्राथमिकता दिएका छौं,’ संयोजक चौधरीले भने ।

महोत्सवमा कृषि, उद्योग, व्यापार, पर्यटन, शैक्षिक क्षेत्र, आइटी, होटेलका स्टलहरू, मनोरञ्जनात्मक खेलहरू रहने उनले बताए ।

थारू संग्रहालयमा थारू संस्कार र संस्कृति झल्किने सामाग्रीहरू राखिने संग्रहालयका अध्यक्ष चिन्तिलाल चौधरीले बताए ।

‘हामीले यो संग्रहालयलाई थारु जातिको सभ्यता संस्कार-संस्कृति आदिको अध्ययन गर्ने केन्द्र बनाउने उद्देश्य राखेको छौं । यो उद्देश्य पूरा गर्न हामीलाई स्थानीय र प्रदेश सरकारको सहयोग आवश्यक छ,’ उनले भने ।

थारू सांस्कृतिक संग्रहालयको स्थापना गर्न स्थानीय सरकारको तर्फबाट सक्दो भूमिका खेल्ने सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर अकली चौधरीले बताइन् ।

नगरपालिकाले सांस्कृतिक सङ्ग्रहालयको जग्गा घेरावारिको लागि १० लाख रुपैयाँ बजेट छुट्टाएको र संग्रहालय निर्माणका लागि २० लाख रुपैयाँ बजेट छुटाउनेसमेत उनले प्रतिबद्धता व्यक्त गरिन् ।

उपमेयर चौधरीले महोत्सवमा स्थानीय कला र कलाकारलाई पर्याप्त स्थान र समय दिन आयोजकलाई आग्रहसमेत गरिन् ।

महोत्सवको व्यवस्थापनका लागि करिब ६० लाख खर्च हुने अनुमान आयोजकको रहेको छ ।

महोत्सवमा दैनिक ५० लाखदेखि १ करोडसम्मको व्यापार हुने साथै दैनिक १० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।

महोत्सवमा अपांग र विद्यालयका विद्यार्थीहरूका लागि साँझ ५ बजेसम्म प्रवेश निःशुल्क रहेकोसमेत आयोजकले जनाएको छ ।

थारू जातिहरूको संस्कार, संस्कृति, सभ्यता चिनाउने र भावी पिँढीहरूका लागि पुरातात्त्विक सम्पदा पहिचान गराउने उद्देश्यका साथ स्थापित थारू सङ्ग्रहालय सुन्दरहरैंचा-४ ले महोत्सवबाट आम्दानी भएको रकमलाई थारू सांस्कृतिक संग्रहालयको भवन निर्माणलगायत संस्थागत सामाग्रीहरूको खरिद गर्ने उद्देश्य राखेको आयोजकको भनाइ छ ।

प्रकाशित समय: मङ्गलबार २३ पुस, २०८१, १८:५१:०८
रास्वपाका सभापति चीन भ्रमणमा जाने
बिहिबार ७ साउन, २०८३
पशु सेवा विभागले भन्यो, बर्डफ्लु संक्रमण देखिएको छैन
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन पुगेका दुई महिला पक्राउ
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै
बिहिबार ७ साउन, २०८३
अमेरिका र साउदीबीच आणविक ऊर्जा सम्झौता
बिहिबार ७ साउन, २०८३
नास्पाती बोक्ने गाडीमा लुकाएर राखिएको ६५२ केजी गाँजा बरामद
बिहिबार ७ साउन, २०८३
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ
बुधबार ६ साउन, २०८३
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार
मङ्गलबार ५ साउन, २०८३
बागमती सरकारबाट बाहिरिँदै एमाले
मङ्गलबार ५ साउन, २०८३
निर्वाचन आयुक्तहरूको सुनुवाइ साउन १२ र १३ गते हुने
मङ्गलबार ५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०