काठमाडौं । यातायात व्यवस्था विभागले सोमबारदेखि लागू हुनेगरी सार्वजनिक यातायातका साधनको भाडा वृद्धि गरेको छ ।
विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाइएको हो ।
यात्रुवाहक सवारीको भाडा ३.३० प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ०.०५ प्रतिशतले भाडादर वृद्धि भएको विभागले जनाएको छ ।
जसअनुरूप काठमाडौं-विराटनगरको भाडा २२ सय ८५ रुपैयाँसम्म पुगेको छ । सुपर डिलक्समा उक्त रकम लाग्ने काठमाडौं-विराटनगरको भाडा डिलक्समा १९ सय ४ रुपैयाँ र सामान्य बसमा १५ सय ३६ रुपैयाँ रहेको छ ।