विराटनगरमा आठौं संस्करणको विराट एक्स्पो हुँदै, पहिलोपटक ‘डोम’ को प्रयोग गरिँदै

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २२ पुस, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका-१४ स्थित डिग्री कलेजको खेल मैदानमा आठौं संस्करणको विराट एक्स्पो हुने भएको छ ।

उद्योग संगठन मोरङको आयोजनामा आगामी माघ ११ गतेदेखि औद्योगिक एवम् व्यापारिक महोत्सव विराट एक्स्पो-२०२५ हुन आँटेको हो ।

आयोजक उद्योग संगठन मोरङले सोमबार पत्रकार सम्मेलन गर्दै माघ ११ देखि १० दिनसम्म अर्थात् माघ २० गतेसम्म एक्स्पो हुने जानकारी दिएको छ ।

उसले एक्स्पोको तयारीसमेत तीव्रस्तरमा थालिएको जनाएको छ । करिब दुई करोड लगानीमा खरिद गरिएको तीनवटा ‘डोम’ प्रयोग गरेर एक्स्पो आयोजना हुने उद्योग संगठनका अध्यक्ष राकेश सुरानाले जानकारी दिए ।

उद्योग संगठन मोरङले पहिलोपटक एक्स्पोमा डोमको उपयोग गर्न लागेको हो ।

एक्स्पो सञ्चालनका लागि करिब ३ करोड खर्च हुने अनुमान गरिएको बताउँदै सुरानाले नयाँ उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको सुनाए ।

‘डिजिटल कोशी बिल्डिङ इनोभेसन एन्ड इन्भेस्टमेन्ट’ नाराका साथ सञ्चालन हुने एक्स्पोमा दुई सय ६८ वटा स्टलहरु रहनेछन् ।

एक्स्पोमा ९ पेभिलियनमा विराट बजार बिटुबीको १२ वटा, स्टार्टअप भिजन कोशी ह्याकाथुनको १२ वटा, रोजगार कोशीका लागि १२ वटा, व्यावसायिक सेवा प्रदायकको ४० वटा, अटोमोवाइल्सका २० वटा, औद्योगिक क्षेत्रका ७५ वटा, औद्योगिक, कर्पोरेट र कृषिका ७५ वटा स्टल रहनेछन् ।

एक्स्पोमा रोजगारीका लागि तालिम पनि दिने बताइएको छ ।

एक्स्पोमा स्टार्टअफ कन्फ्रेन्स, रोजगार कोशी, इनर्जी इफिसियन्सी, ‘मेरो देश, मेरो उत्पादन’लगायत कार्यक्रम आयोजना गरिने विराट एक्स्पो २०२५ व्यवस्थापन समिति संयोजक भोलेश्वर दुलालले जानकारी दिए ।

प्रकाशित समय: सोमबार २२ पुस, २०८१, १४:३२:४९

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
५ घण्टाअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
१२ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
१२ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०