विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद् तथा जनस्वास्थ्य आपतकालीन अवस्थाको पूर्वतयारी, प्रतिकार्य, तथा पुनर्लाभ व्यवस्थापनमा आवश्यक पर्ने विशेषज्ञहरूको रोस्टर तयार पार्ने भएको छ।
यसका लागि मन्त्रालयले आपतकालीन स्वास्थ्य क्षेत्रमा काम गर्न इच्छुकहरुले आवेदन दिन सार्वजनिक सूचनासमेत निकालेको छ।
यही पुस २८ गतेसम्म इच्छुक व्यक्तिले आवेदन दिनसक्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी सूचनामा उल्लेख छ।
मन्त्रालयले विपद् तथा जनस्वास्थ्य आपतकालीन अवस्थाको पूर्वतयारी, प्रतिकार्य, तथा पुनर्लाभ व्यवस्थापनमा आवश्यक पर्ने विशेषज्ञहरूको प्रभावकारी प्रयोग एवं परिचालन गर्न आवेदन माग गरेको हो।