जन्मदर घटेपछि दक्षिण कोरियाले खोजिदिँदैछ जोडी, बूढापाकाको संख्या भने अचाक्ली !

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १५ पुस, २०८१
२ वर्षअघि

विराटनगर । विश्वका अरू देशहरूजस्तै दक्षिण कोरियामा पनि जन्मदर घट्दो अवस्थामा छ ।

तीव्र गतिमा घटिरहेको जन्मदरका कारण कोरियन सरकार चिन्तामा छ ।

Advertisement

यस समस्यालाई रोक्न सरकारले गरेका विभिन् प्रयासहरू अहिलेसम्म पर्याप्त सफल हुन सकेका छैनन् ।

जन्मदर घट्दो अवस्थामा रहेको कोरियाको कुल जनसंख्याको २० प्रतिशत त वृद्ध–वृद्धा छन् ।

दक्षिण कोरियाको कुल जनसंख्याको पाँच जनामा एक जना ६५ वर्ष वा सोभन्दा माथिको उमेरको छ ।

देशको जनसंख्याको २० प्रतिशतभन्दा बढी ६५ वर्ष माथिका नागरिक भएपछि कोरिया सबैभन्दा बढी वृद्ध–वृद्धा भएको जापानपछिको दोस्रो देश पनि बनेको छ ।

सोमबारसम्म कोरियाको कुल जनसंख्या ५१.२२ मिलियनमध्ये १०.२४ मिलियन नागरिक ६५ वर्ष वा सोभन्दा माथिका छन् ।

यता, कोरिया विश्वकै सबैभन्दा कम जन्मदर भएको देश पनि हो ।

कोरियाको कुल प्रजनन दर (एक महिलाले जीवनकालमा जन्म दिने बच्चाको औसत संख्या) सन् २०१८ देखि १.० भन्दा कम छ ।

जन्मदर बढाउनका लागि कोरियन सरकार नै जोडी खोज्ने काममा संलग्न छ ।

त्यसबाहेक स्याम्सुङ, एलजी, ह्युन्डाई मोटर र एसके जस्ता ठूला कम्पनीहरूले कर्मचारीहरूलाई उदार मातृत्व बिदा दिने र बच्चा जन्माउने महिलाहरूलाई प्रोत्साहन दिने जस्ता प्रयासहरू गरेका छन् ।

तर पनि ती प्रयासहरूले अहिलेसम्म खासै सफलता पाउन सकेका छैनन् ।

दक्षिण कोरियाले विगत केही वर्षदेखि आफ्ना युवाहरूलाई सन्तान जन्माउन प्रोत्साहित गर्नका लागि अनगिन्ती पहल गरेको छ, तर यस प्रयासको अझै सफलता हात पारेको छैन ।

२०२३ को अन्त्यसम्म, दक्षिण कोरियाको जन्मदर प्रति हजार जनसङ्ख्या ०.७५ रहेको थियो । जुन विश्वभरिका सबैभन्दा कम जन्मदरमध्ये एक हो ।

दक्षिण कोरियामा जन्मदर कम हुनुको पछाडि एक महत्त्वपूर्ण कारण भनेको युवा पुस्तामा विवाहप्रति सकारात्मक धारणा नहुनु हो ।

धेरै युवाहरूले विवाह र परिवारको जिम्मेवारीबाट बच्न चाहन्छन्, जसले गर्दा जन्मदरमा थप गिरावट आएको छ ।

यसैले पनि विवाहका लागि जोडी खोजिदिने निजी कम्पनीहरू सञ्चालनमा रहेको धेरै भइसक्यो ।

अब भने त्यहाँको सरकारले नै युवायुवतीलाई भेट गराई विवाहतर्फ अगाडि बढाउने उद्देश्यले ‘डेटिङ’ कार्यक्रम आयोजना गर्न थालेको छ ।

अत्यधिक न्यून प्रजनन र विवाहदरसँग जुधिरहेको दक्षिण कोरियामा जोडीहरूबीच हुने भेटवार्ताले नयाँ बाटो अपनाएको छ ।

जोडी मिलाइदिन भइरहेका यस्ता अस्वाभाविक शैलीले दक्षिण कोरियामा विवाह र जन्मदर बढाउनेमा त्यहाँको सरकार विश्वस्त छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान

सोमबार २६ असोज, २०८३
५० minutes

स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता

सोमबार २६ असोज, २०८३
२ घण्टाअघि

बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष

सोमबार २६ असोज, २०८३
३ घण्टाअघि

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा हुने

सोमबार २६ असोज, २०८३
४ घण्टाअघि

महामन्त्रीमा पराजित घिमिरेको प्रतिक्रिया : हार–जित स्वाभाविक, राजनीतिक यात्रा जारी रहने

सोमबार २६ असोज, २०८३
४ घण्टाअघि

भसभसे पहिरोले बागलुङ–बेनी सडक अस्तव्यस्त, घण्टौँ जाममा यात्रु

सोमबार २६ असोज, २०८३
५ घण्टाअघि
गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान
सोमबार २६ असोज, २०८३
स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता
सोमबार २६ असोज, २०८३
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
सोमबार २६ असोज, २०८३
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा हुने
सोमबार २६ असोज, २०८३
महामन्त्रीमा पराजित घिमिरेको प्रतिक्रिया : हार–जित स्वाभाविक, राजनीतिक यात्रा जारी रहने
सोमबार २६ असोज, २०८३
भसभसे पहिरोले बागलुङ–बेनी सडक अस्तव्यस्त, घण्टौँ जाममा यात्रु
सोमबार २६ असोज, २०८३
ट्रम्पले केटी जकारियालाई बनाए ह्वाइट हाउसको नयाँ प्रेस सचिव
सोमबार २६ असोज, २०८३
चार प्रस्तावित राजदूतको नियुक्तिअघि संसदीय समितिमा सुनुवाइ हुँदै
सोमबार २६ असोज, २०८३
कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि ओलीको आग्रह– ‘सरकार फराकिलो मनका साथ उद्धारमा जुटोस्’
आईतबार २५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०