दुहबीमा बेहुली शृंगारसम्बन्धी तालिम : महिलाहरू आत्मनिर्भरताको बाटोउन्मुख

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १४ पुस, २०८१
२ वर्षअघि

दुहबी । सुनसरीको दुहबी नगरपालिकाले आयोजना गरेको प्रोफेसनल मेकअप बेहुली शृंगारसम्बन्धी एक महिने तालिम सम्पन्न भएको छ ।

नगरको आयोजना र गरिबी निवारणका लागि लघुउद्यम विकास शाखा दुहबीको संयोजनमा सञ्चालित बेहुली शृंगारसम्बन्धी स्तरवृद्धि तालिम आइतबारबाट सम्पन्न भएको हो ।

Advertisement

दुहवी नगरपालिकाले विभिन्न वडामा रहेका आठ जना शृंगारकर्मीलाई ग्रेड वृद्धिसम्बन्धी एक महिने शृंगार तालिम दिएको हो ।

तालिमलाई लघु उद्यम विकाश शाखाका वरिष्ठ उद्यम विकाश सहजकर्ता दिवेश चौधरी र सहजकर्ता शशिकला चौधरीले सहजीकरण गरेका थिए ।

एक महिनासम्म सफल तालिम सम्पन्न गर्ने शृंगारकर्मीहरूलाई दुहबी नगर प्रमुख वेद गच्छादारले प्रमाणपत्र प्रदानसमेत गरेका छन् ।

प्रमाणपत्र प्रदानपछि नगर प्रमुख गछ्दारले लघु उद्यमसँग जोडिएर दुहबी नगरपालिकाले धेरै युवा-युवतीलाई स्वरोजगारको मार्ग प्रशस्त गरेको बताएका छन् ।

हरेक नागरिक बेरोजगार नहुन र सिप सिकेपछि काम गरेर खाने वातावरण तयार होस् भनेर यस्ता तालिम आयोजना गर्दै आएको उनको भनाइ छ ।

हाल दुहबी नगरपालिकामा पाँच सयभन्दा धेरै स्वरोजगार ब्यावसायी लघुउद्यमि महिलाहरू छन् भने अपांगता भएका व्यक्तिहरू समेत स्वरोजगारको बाटोमा छन् ।

नगरपालिकाले तालिम र बिउ पुँजीस्वरूप रु ५० हजार दिएपछि उनीहरू आत्मनिर्भरताको बाटोमा उन्मुख छन् ।

दुहबी नगरपालिकाले ब्यावसायिक कृषि, लघुउद्यम र प्राविधिक शिक्षामा ठुलो लगानी गर्दै आएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०