अत्यधिक चिसोका कारण विद्यार्थीको परीक्षा लिन कठिनाइ

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १४ पुस, २०८१
२ वर्षअघि

कालिकोट । अत्यधिक चिसोका कारण जिल्लाको जनजीवन प्रभावित हुन थालेपछि खाँडाचक्र नगरपालिकामा रहेका विद्यालयका विद्यार्थीको अर्धवार्षिक परीक्षा लिन कठिनाइ भएको छ ।

चिसोले सरकारी विद्यालयको पठनपाठन प्रभावित भएको छ भने विद्यालयमा चलिरहेको अर्धवार्षिक परीक्षा घाम लागेको चौरमा सञ्चालन गर्नुपर्ने अवस्था आएको हो ।

Advertisement

जिल्लाको तापक्रम दुई डिग्रीमा झरेकाले विद्यालय आवत जावत र कक्षा कोठामा बस्न समेत कठिनाइ भइरहेको छ ।

कक्षाकोठामा बरफ जमेजस्तो भएको हुनाले बाहिर घाम लागेको फिल्डमा परीक्षा सञ्चालन गर्नु परेको खाँडाचक्र नगरपालिका–९ स्थित जनज्योति माविका प्रधानाध्यापक छत्रबहादुर शाहीले बताए ।

यस्तै, खाँडाचक्र नगरपालिका–५ स्थित चुलिमालिका माध्यमिक विद्यालयमा पनि भवनभित्र राखेर परीक्षा सञ्चालन गर्दा चिसोका कारण विद्यार्थीहरू बिरामी पर्ने डरले चौरमा परीक्षा सञ्चालन गर्न थालेको शिक्षक डिल्लीप्रसाद चौलागाईंले बताए ।

खाँडाचक्र नगरपालिकामा पुस ७ गतेबाट सञ्चालन भइरहेको परीक्षाका लागि विद्यार्थीहरू पोसाकमा आउनुपर्ने भएकाले कक्षाकोठामा राखेर परीक्षा सञ्चालन गर्दा बिरामी हुने सबैको सुझावपछि चौरमा बसालेर परीक्षा सञ्चालन गरिएको उनको भनाइ छ ।

तिलागुफा नगरपालिकाभित्रका सबै विद्यालयको पठनपाठन र परीक्षा चौरमा भइरहेको छ ।

मंसिर महिना लागेसँगै अत्यधिक चिसो हुन थालेपछि पठनपाठन पनि चौरमा गर्न थालिएको सत्यदेवि माध्यमिक विद्यालयका प्रधानाध्यापक सनम शाहीले उल्लेख गरे ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे

आईतबार २ कार्तिक, २०८३
१ minute

मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता

आईतबार २ कार्तिक, २०८३
१६ minutes

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
१६ घण्टाअघि

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
२० घण्टाअघि

दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका

शनिवार १ कार्तिक, २०८३
२० घण्टाअघि

रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै

शनिवार १ कार्तिक, २०८३
२० घण्टाअघि
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०