भानु कलेजको कवितामा रिया बनिन् प्रथम, वक्तृत्व प्रतियोगिता भने एन्जिलाले जितिन्

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १४ पुस, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगर-९ स्थित भानु कलेजले आयोजना गरेको कविता प्रतियोगितामा रिया सुवेदी प्रथम भएकी छन् ।

‘छोरी’ शीर्षकको कविता वाचन गरेर रियाले प्रथम पुरस्कार प्राप्त गर्दा ‘गरिबको पीडा’ शीर्षकको कविता वाचन गरेर एन्जल श्रेष्ठ द्वितीय बने ।

‘म हावा बोलिरहेछु’ शीर्षकको कविता वाचन गरेर जानकी राजवंशी तृतीय हुँदा ‘हाम्रो देशमा भ्रष्टाचार’ शीर्षकको कविता वाचन गरेर अंशुकुमार यादवले सान्त्वना स्थान प्राप्त गरे ।

भानुले विद्यार्थीभित्र लुकेर बसेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कविता प्रतियोगिता आयोजना गरेको थियो ।

जसमा कवि एवम् पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक रहेको समितिले पुरस्कृतहरूको नाम घोषणा गरेका थिए ।

कलेजका शिक्षक वसन्त बस्नेतसमेत निर्णायक रहेको समितिले प्रतियोगितामा भाग लिएका १८ जना प्रतिस्पर्धीमध्येबाट पुरस्कृतको नाम छनोट गरेको हो ।

त्यस्तै कलेजले ‘नेपालको समृद्धि र विकासः चुनौती र अवसरहरू’ विषयक वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरेको थियो । प्रतियोगितामा उत्कृष्ट विचार राखेर एन्जल श्रेष्ठ प्रथम भए । त्यस्तै मान्यता बस्नेत द्वितीय हुँदा आर्यन झा तृतीय र पियुष पाठक सान्त्वना भए ।

वक्तृत्वकला प्रतियोगिताको पनि नवोदित र बस्नेतले नै निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नवोदितले पठनपाठनसँगै विद्यार्थीहरुले अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले जुन क्षेत्रमा लागे पनि उत्कृष्ट हुने लक्ष्य राख्न विद्यार्थीहरुलाई आग्रहसमेत गरे ।

कलेजका प्राचार्य मोहनकुमार श्रेष्ठ, कोर्डिनेटर रमेश पाण्डे, अतिरिक्त क्रियाकलापका संयोजक देवेश प्रधान, कलेजका निर्देशक संसद अन्सारी, सुशील भगत, दीपक बराल, सोमप्रसाद निरौला, डा. नरेन्द्रकुमार चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कलेजले विद्यार्थीको चौतर्फी विकासका लागि पाठ्यक्रमको अध्ययनसँगै कविता, वक्तृत्व, वादविवाद, चित्रकला, हाजिरजवाफका साथै खेलकुदसहितका अतिरिक्त क्रियाकलाप गर्दै आएको प्राचार्य श्रेष्ठले जानकारी दिए ।

प्रकाशित समय: आईतबार १४ पुस, २०८१, १२:३६:०३

सम्बन्धित खबर

कोशी प्रदेशमा बाढीको जोखिम : विपद् व्यवस्थापन संयन्त्र ‘अलर्ट’ मा
बिहिबार ८ असोज, २०८३
भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द
बिहिबार ८ असोज, २०८३
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०