हेरिटेजको वार्षिक खेलकुद सप्ताह : विद्यार्थी र समासेवीसँगै क्रिकेटर ललितका बुबा पनि सम्मानित

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १३ पुस, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-४ बरगाछीमा अवस्थित हेरिटेज इन्टरनेसनल स्कुलले आफ्नो पहिलो संस्करणको वार्षिक खेलकुद सप्ताह सम्पन्न गरेको छ ।

हेरिटेजले शनिबार आफ्नो स्कुल परिसरमा भव्य कार्यक्रमको आयोजना गरी ‘हेरिटेज स्पोर्ट्स मिट २०२४’ सम्पन्न गरेको हो ।

‘जहाँ मूल्यमान्यताका साथ सिकाइन्छ’ भन्ने मूल नाराका साथ खेलकुद सप्ताहको कार्यक्रमको समापन गरिएको थियो ।

सप्ताहब्यापी खेलकुद समापन समारोहमा विद्यालयले विभिन्न विधाका खेलमा अब्बल रहेका विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्र वितरण गरेको थियो ।

साथै, कार्यक्रममा मार्चपास, पिटी डिस्प्ले, ड्रिल डान्स पनि देखाइएको थियो ।

स्पोर्ट्स मिटमा विद्यालयले ट्र्याक एन्ड फिल्ड इभेन्टमा १०० मिटर दौड, रिले दौड, स्किल रेसलगायत गराएको थियो भने टिम इभेन्टतर्फ स्तरअनुसार फुटबल, क्रिकेट, बास्केटबल गराएर विभिन्न विधाका खेलहरू गराएको थियो ।

यसैगरी, चेस, टेबलटेनिसलगायत प्रतियोगिता पनि गरिएको थियो ।

समस्त विजेता खेलाडीहरूलाई प्रमुख अतिथि युवा नेता मनोजविक्रम शाह, विशिष्ठ अतिथि मानव सेवा आश्रमका कोशी प्रदेश संयोजक नवराज केसी र अभिभावकको उपस्थितिमा मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको स्कुलका प्रिन्सिपल सुशान्त बानियाँले जानकारी दिए ।

विद्यालयले विजेता समूहलाई चार समूहमा विभाजन गरेको थियो । जसमा जल अर्थात् ब्लु हाउस, अग्नि अथवा रेड हाउस, वायु अर्थात् यल्लो हाउस र पृथ्वी अथवा ग्रीन हाउस गरी चार समूहमा विभाजन गरिएको थियो ।

जसअन्तर्गत ब्लु हाउस विजेता बनेको थियो भने यल्लो हाउस उपविजेता बनेको थियो ।

प्रथम र द्वितीय बनेका हाउसलाई क्रिकेटर ललित राजवंशीका बुबा जयनारायण राजवंशी, मानव सेवा आश्रमका प्रदेश संयोजक नवराज केसी, स्कुलका अध्यक्ष अरुणकुमार राठी र अमिश रेग्मीले कप हस्तान्तरण गरेको थियो ।

खेलकुद सप्ताहको समापनमा स्कुलले दुई फरक क्षेत्रका व्यक्तिहरूलाई पनि सम्मान गरेको थियो ।

मानव सेवा आश्रमका प्रदेश संयोजक नवराज केसी र राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित राजवंशीका बुबा जयनारायण राजवंशीलाई सम्मान गरिएको थियो ।

उनीहरूलाई स्कुलका म्यानेजिङ डाइरेक्टर अरुण राठी र अमिश रेग्मीले दोसल्ला ओडाएर सम्मानपत्रका साथ सम्मान गरेका थिए ।

अमिश रेग्मीले स्वागत् मन्तव्य राखेर सुरु भएको कार्यक्रम समापनमा बोल्दै अरुण राठीले अबको शिक्षा पठनपाठनमा मात्र सीमित नभएर अतिरिक्त क्रियाकलापसहितको हुनुपर्ने बताए । उनले व्यवहारिक शिक्षा आजको आवश्यकता रहेकोसमेत बताए ।

स्कुलका डाइरेक्टर वर्णिका राठी हेरिटेजले मूल्य-मान्यतासहितको शिक्षालाई जोड दिइरहेको बताइन् ।

साथै विशेष धन्यवादका साथ बोल्दै स्कुलका प्रिन्सिपल सुशान्त बानियाँले अबको शिक्षामा हेरिटेजले फट्को मार्नेमा आफू विश्वस्त रहेको सुनाए ।

प्रकाशित समय: शनिवार १३ पुस, २०८१, २१:०६:५३

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
६ घण्टाअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
१३ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
१३ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०