कान्तिपुर कलेजमा परीक्षा र अतिरिक्त क्रियाकलापका उत्कृष्ट विद्यार्थी सम्मानित

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ८ पुस, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१० मेनरोडमा अवस्थित कान्तिपुर कलेजले परीक्षा र अतिरिक्त क्रियाकलापका उत्कृष्ट विद्यार्थीहरूलाई विशेष सम्मान गरेको छ ।

सोमबार एक कार्यक्रमको आयोजना गर्दै कलेजले कक्षा ११ को वार्षिक परीक्षा, कक्षा ११ तथा कक्षा १२ को प्रथम त्रैमासिक परीक्षा, अतिरिक्त क्रियाकलापअन्तर्गत कान्तिपुर निबन्ध लेखन–२०८१, कान्तिपुर क्विज–२०८१, कविता वाचन, वक्तृत्वकलालगायत विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई विशेष सम्मान गरेको हो ।

विद्यार्थीहरूलाई कक्षा ११ तथा १२ मा पूर्ण छात्रवृत्ति, आंशिक छात्रवृत्तिसहित नगद तथा प्रमाणपत्र प्रदानगरी कलेजले सम्मान गरेको हो ।

कक्षा ११ को वार्षिक परीक्षामा विज्ञान संकायतर्फबाट प्रथम, द्वित्तीय र तृतीय हुने विद्यार्थीहरू क्रमशः राजनारायण महतो, विजय यादव र करुणाकुमारी साह सम्मानित भएका छन् ।

यसैगरी, व्यवस्थापन संकायबाट अर्पण सिवा, सरिताकुमारी साह र प्रिज्मा दाहाल तथा होटेल व्यवस्थापन संकायतर्फबाट क्रमशः कोशिका कोइराला, असिन अधिकारी र क्रिश्चल घिमिरेलाई पूर्ण छात्रवृत्तिसहित मेडिकल, इन्जिनियरिङ, सिम्याटलगायतका पुस्तकहरू साथै प्रमाणपत्रले सम्मान गरिएको प्रिन्सिपल भुवन नेपालले जानकारी दिए ।

त्यस्तैगरी प्रथम त्रैमासिक परीक्षामा कक्षा १२ तर्फ विज्ञान संकायबाट प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी क्रमशः राज नारायण महतो, प्रिन्सन क्षेष्ठ, र विजय यादव, व्यवस्थापन संकायतर्फ क्रमशः निशिका खरेल, प्रिज्मा दाहाल र आयुष्मा थापा, होटेल व्यवस्थापनतर्फ असिन अधिकारी, सुभम झा र एलिसा कार्कीलाई सम्मान गरिएको छ ।

यसैगरी, कक्षा ११ विज्ञान संकायतर्फ प्रियंका चौधरी, प्रशान्त चौलागाइँ, सिर्जिक घिमिरे, व्यवस्थापन संकायतर्फ नितेशकुमार मण्डल, श्वेताकुमारी दास र योगेश मगरलाई अविर, माला र प्रमाणपत्रले सम्मान गरिएको छ ।

त्यस्तै, मेडिकल–इन्जिनियरिङ सिइई मक टेस्टमा प्रथम हुने राजनारायण महतो, द्वित्तीय हुने करुणाकुमारी साह र तृत्तीय हुने विजय यादवलाई पनि सम्मान गरिएको थियो ।

यसरी प्रत्येक हप्ता लिइने तयारी परीक्षाबाट मेडिकल, पारामेडिकल, इन्जिनियरिङ तथा आइटीको क्षेत्रमा धेरै विद्यार्थीहरूले नाम निकालेर अध्ययन गरिरहेको विज्ञान संकाय कोअर्डिनेटर हिमालय बरालले बताए ।

अतिरिक्त क्रियाकलापअन्तर्गत हाजिरी जवाफ, निबन्ध लेखन, कविता वाचन, वक्तृत्वकला आदि विधामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई नगदसहित प्रमाणपत्रले सम्मन गरिएको व्यवस्थापन संकाय कोअर्डिनेटर रोशन राजवंशीले बताए ।

पढाइ मात्र नभइ सामाजिक दायित्व, सिप एवम् संस्कारसहितको शिक्षा आत्मसात् गर्न मानव सेवा आश्रम, बालगृह, औद्योगिक भ्रमण, खेलकुदलगायतका क्षेत्रमा कान्तिपुरका विद्यार्थीहरू सहभागी हुने र प्रत्यक्ष ज्ञान हासिल गर्ने कुरा राजवंशीले बताए ।

उक्त कार्यक्रममा अध्यक्ष खुशीराज क्षेष्ठ, प्राचार्य भुवन नेपाल, कोअर्डिनेटरद्वय हिमालय बराल र रोशन राजवंशी, निर्देशकहरू डा.जनक अधिकारी, कृष्ण भण्डारी, सन्तोषकुमार भगत, प्रदीपकुमार दास, जे.वी मगर, जयनाथ यादव, विष्णु दाहाल, शंकर काफ्ले, देवीलाल महतो, श्यामनारायण शाह, धिजनवावु काफ्ले, विवेक आचार्यलगायत शिक्षक शिक्षिकाहरूको उपस्थिति थियो ।

कोशी प्रदेशको राजधानी विराटनगरमा कान्तिपुर कलेज गुणस्तरीय शिक्षामा क्रियाशील हुँदै अगाडि बढेकाले सर्वाधिक विद्यार्थीहरूको रोजाइमा परेको साथै पढाइ, अतिरिक्त क्रियाकलाप तथा खेलकुदमा समेत सधैँ अब्बल सावित भएको प्रिन्सिपल भुवन नेपालले बताए ।

प्रकाशित समय: सोमबार ८ पुस, २०८१, १५:०५:०५

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
७ घण्टाअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
१३ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
१४ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०