विराटनगरमा ‘ग्याङ फाइट’ मा संलग्न तीन जना पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ८ पुस, २०८१
२ वर्षअघि

विराटनगर । मोरङ प्रहरीले विराटनगरमा भएका दुई झगडामा संलग्न रहेका तीन जनालाई पक्राउ गरेको छ ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार शुक्रबार र शनिबार विराटनगरमा भएका ‘ग्याङ फाइट’ मा संलग्न रहेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

विराटनगरको व्यस्त बजार ट्राफिक चोकदेखि उत्तरको मेनरोडमा रहेको बालाजी कपडा पसलका सञ्चालक ४३ वर्षीय विजय अग्रवालमाथि शनिबार दिउँसो आक्रमण भएको थियो ।

रुस्तम उप्रेती, रितिक साह, नितेन कटुवाललगायतका समूहले व्यापारी अग्रवालको पसलमा पुगेर निर्घात कुटपिट गरेका थिए । अग्रवाल विराटनगर–४ एयरपोर्ट लाइनमा रहेको तृष्णा रेष्टुरेन्टका सञ्चालक पनि हुन् ।

शुक्रबार राति तृष्णामा व्यापारी अग्रवाल र अर्का सञ्चालक अमन साहले रुस्तमलाई बाउन्सर लगाएर कुटपिट गरेको आरोप थियो ।

रेस्टुरेन्टबाहिर उप्रेतीले अपशब्द बोलेको भन्दै व्यापारी अग्रवालले बाउन्सर लगाएर बाहिर निकालेर कुटपिट गरेको उनीहरूको भनाइ छ ।

राति रेस्टुरेन्टबाहिर कुटपिट गरेको निहुँमा उप्रेतीसहितको १० देखि १२ जनाको समूहले अग्रवालको विराटनगर–९ मेनरोडमा रहेको कपडा पसलमै आएर आक्रमण गरेका हुन् ।

युवाहरूको आक्रमणबाट अग्रवालको टाउको र अनुहारमा चोटपटक लागेको छ ।

व्यापारी अग्रवाललाई उप्रेतीले एल्मुनियमको पाइपले कुटपिट गरेको सिसिटिभी फुटजेमा पनि देखिन्छ । पसलमा रहेको पाइप उचालेर पटक–पटक अग्रवाललाई प्रहार गरेको देखिन्छ ।

त्यसपछि विमल कार्कीले पसलको सिसामाथि चढेर हेल्मेटले प्रहार गरेको सिसिटिभी फुटेजमा देखिन्छ । मरणासन्न हुने गरी कुटपिट गरेपछि अग्रवालले जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दर्ता गराएका छन् ।

अनुसन्धानका क्रममा झडपमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले घटनाको सुरुवात भएको एयरपोर्ट रोडस्थित तृष्णा रेस्टुरेन्टका दुई जना र घटनासँग जोडिएका अर्को पक्षका एक जनालाई पक्राउ गरेको हो ।

बब्लु अन्सारी, सुगम केशरी र रुस्तम उप्रेतीलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता जोशीले जानकारी दिए ।

पक्राउ परेका अन्सारी र केशरी तृष्णाका बाउन्सर हुन् ।

उनीहरूले ग्राहकका रुपमा पुगेका उप्रेती, गौतम भतग र गोपाल दासलाई सामान्य भनाभजको आधारमा निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ ।

त्यही घटनालाई रिसइबी बनाएर उप्रेती समूहले शनिबार व्यापारी अग्रवालमाथि आक्रमण गरेको थियो । आक्रमणमा संलग्न उप्रेतीलाई समेत पक्राउ गरेर अनुसन्धान थालिएको डिएसपी जोशीले बताए ।

प्रकाशित समय: सोमबार ८ पुस, २०८१, १२:०४:००

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
७ घण्टाअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
१४ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
१४ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०