रवि लामिछानेविरुद्ध ३ कसुरमा अदालतमा मुद्दा दर्ता

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ७ पुस, २०८१
१ वर्षअघि

पोखरा । सहकारी ठगी कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

लामिछानेसहित पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा पक्राउ परी हिरासतमा रहेका पाँचै जनालाई आइतबार अदालतमा उपस्थित गराइएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

कात्तिक २ गते पक्राउ परेका लामिछानेलगायतलाई हिरासतमा राख्न पाउने म्याद शुक्रबार सकिएको थियो ।

गएको सोमबार कास्की प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि मंगलबारबाट लागू हुनेगरी अन्तिम पटक अदालतले चार दिनको म्याद दिएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार बिहान अभियोगपत्र अदालत पठाएको छ ।

प्रहरी प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ । प्रहरी प्रतिवेदनमा एक अर्ब ५१ करोड ४० लाख १९ हजार एक सय ९४ रुपैयाँ बिगो मागदाबी लिन सुझाइएको छ ।

प्रहरीले ६५ जनाविरुद्ध अनुसन्धान गरेकोमा १४ जनाको ठेगाना यकीन नभएकाले पछि निर्णय गर्न सुझाइएको छ ।

विपक्षी बनाइएकामध्ये कास्की प्रहरीको हिरासतमा पाँच जना छन् भने नौ जना पुर्पक्षका लागि थुनामा छन् । बाँकी अझै फरार छन् ।

प्रहरी प्रतिवेदनमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण गरी तीन अभियोगमा मुद्दा चलाउन सिफारिस गरिएको छ ।

लामिछानेसहित गोर्खा मिडिया प्रालिका पूर्वउपाध्यक्ष जोशी, नेचर हर्बस्का सञ्चालक रामबहादुर खनाल, जिबी एन्ड ग्रुपकी कर्मचारी लीला पछाई र सहकारीका पूर्वसञ्चालक कृष्ण गुरुङ अहिले प्रहरी हिरासतमा छन् ।

यसअघि कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भई विचाराधीन रहेका १९ जनाविरुद्ध पनि अनुसन्धान गरी पूरक प्रतिवेदन प्रहरीले बुझाइसकेको छ ।

१९ जनाविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धिकरण अभियोग थपेर शुक्रबार पूरक अभियोग दर्ता भइसकेको छ ।

सांसद सूर्य थापा नेतृत्वको संसदीय समितिको प्रतिवेदनले सूर्यदर्शन सहकारीबाट पाँच करोड ५८ लाख गोर्खा मिडियामा गएको उल्लेख गरेको थियो ।

देशभरका सहकारीबाट ६५ करोड गोर्खा मिडिया नेटवर्कमा लगी दुरुपयोग हुँदा लामिछाने त्यसको प्रबन्ध निर्देशक थिए ।

लामिछानेको नाममा समेत सूर्यदर्शन सहकारीबाट एक करोड रकम जम्मा भएको देखिएको छ ।

प्रकाशित समय: आईतबार ७ पुस, २०८१, १३:०३:५०

सम्बन्धित खबर

सीमा विवादमा प्रधानमन्त्रीलाई कांग्रेसको २४ घण्टे अल्टिमेटम

सोमबार १८ जेठ, २०८३
८ घण्टाअघि

दैलेखमा बोलेरो दुर्घटना : तीनको घटनास्थलमै मृत्यु, पाँच घाइते

सोमबार १८ जेठ, २०८३
९ घण्टाअघि

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन सांसद् शाहीको माग

सोमबार १८ जेठ, २०८३
११ घण्टाअघि

प्रधानमन्त्री शाहको स्पष्टीकरण माग्दै विपक्षीद्वारा प्रतिनिधिसभा अवरुद्ध गर्ने

सोमबार १८ जेठ, २०८३
१२ घण्टाअघि

रवि लामिछाने भारत प्रस्थान

सोमबार १८ जेठ, २०८३
१२ घण्टाअघि

प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्तामा भारतीय एसएसबीको अवरोध, तटबन्ध निर्माण रोक्न दबाब

सोमबार १८ जेठ, २०८३
१३ घण्टाअघि
सीमा विवादमा प्रधानमन्त्रीलाई कांग्रेसको २४ घण्टे अल्टिमेटम
सोमबार १८ जेठ, २०८३
दैलेखमा बोलेरो दुर्घटना : तीनको घटनास्थलमै मृत्यु, पाँच घाइते
सोमबार १८ जेठ, २०८३
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन सांसद् शाहीको माग
सोमबार १८ जेठ, २०८३
प्रधानमन्त्री शाहको स्पष्टीकरण माग्दै विपक्षीद्वारा प्रतिनिधिसभा अवरुद्ध गर्ने
सोमबार १८ जेठ, २०८३
रवि लामिछाने भारत प्रस्थान
सोमबार १८ जेठ, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्तामा भारतीय एसएसबीको अवरोध, तटबन्ध निर्माण रोक्न दबाब
सोमबार १८ जेठ, २०८३
अस्ट्रेलियामा मुसा आतंक
सोमबार १८ जेठ, २०८३
सिंहदरबारमा विपक्षी दलहरुको बैठक बस्दै
सोमबार १८ जेठ, २०८३
प्रतिनिधिसभा तनावपूर्ण : कुर्सी तोडफोडदेखि सभामुखको वेलसम्म विपक्षीको हंगामा
आईतबार १७ जेठ, २०८३
वैदेशिक ठगीको नयाँ स्वरुपः कामदारको तलब एजेन्टको गोजीमा
आईतबार १७ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०