लगानी सम्मेलन सरकारले गर्छ, निजीलाई दिइएकाे छैन : मुख्यमन्त्री कार्की

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ४ पुस, २०८१
२ वर्षअघि

विराटनगर । काेशी प्रदेशसभाकाे सुशासन तथा याेजना समितिकाे बैठकमा लगानी सम्मेलनबारे मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग जवाफ मागेका छन् ।

लगानी सम्मेलन गर्ने बारेमा कुनै एउटा निजी संस्थालाई मात्रै जिम्मा दिने विषय बाहिर आएको भन्दै सरकारकाे जवाफ माग गरेका हुन् ।

Advertisement

बुधबार भएको बैठकमा लगानी सम्मेलनबारे सत्तापक्ष र प्रतीपक्षबीच सवाल जवाफ चलेकाे थियाे । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बाेले सरकारले गर्ने कार्यक्रम सरकारकै रूपमा हुनुपर्ने बताए ।

`कुनै टेन्टमुनि कार्यक्रम गर्नुहुन्न,’ उनले भने, ‘सरकारले खुलेर खर्च गरेर लगानी सम्मेलन गर्नुपर्छ लगानी सम्मेलन नाम मात्रैकाे नगरी ब्यवस्थित गराउनु पर्छ ।´

आङ्बाेले प्रदेश सरकारले पहिलाेपटक गर्न लागेकाे लगानी सम्मेलनमा कसैको विराेध र कसैको समर्थन हुनु नहुने बताए । `अहिले जसरी आएकाे छ त्याे ठिक भइरहेकाे छैन,’ उनले भने, ‘ब्यवसायी संस्थाहरू विभाजित भएर पार्टी कार्यालय र नेताका घर-घरमा पुग्नु राम्राे होइन, सरकारकै रूपमा गर्नु पर्छ ।´

राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सरकारले गर्न लागेको कामलाई गलत प्रचार नगर्न आग्रह गरे । उनले हल्लाकाे पछाडि नलाग्न आग्रह गरे ।

नेपाली काङ्ग्रेसका दलका उपनेता हिमाल कार्कीले बढीभन्दा बढी सहभागी, बढी प्राेजेक्ट, बढीभन्दा बढी लगानी भित्र्याउने गरी लगानी सम्मेलन गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे ।

सांसद नारायण बुर्जा मगरले विवादित विषयलाई समाधान गरेर जान आग्रह गरे ।

सांसदहरू उठाएको प्रश्नकाे जवाफ दिँदै मुख्यमन्त्री कार्कीले काेशी प्रदेशमा लगानी सम्मेलन गर्नेबारेमा कुनै पनि संस्थाकाे ब्यानरमा नभई सरकारले नै गर्ने बताए ।

प्रदेश लगानी सम्मेलनबारेमा भएको प्रगति र कारबाहीका बारेमा आयाेजना भएको छलफलमा सरकारले गर्न लागेको पहिलाे लगानी सम्मेलन भब्य हुने मुख्यमन्त्रीकाे दाबी छ ।

उनले लगानी सम्मेलन सिटी प्यालेस वा जैन भवनमा अन्तर्राष्ट्रियस्तरकाे हुने बताए ।

प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सराेज काेइरालाले लगानी सम्मेलनमा ३७ वटा याेजना साेकेसमा राखिने तयारी गरेको बताए । उनले अझै थप भएर आउने परियोजनाहरू ओपन राखिएको बताए ।

प्रदेशले १० कराेड भन्दा तलका याेजना नहेर्ने र त्याे भन्दा माथिका याेजनाहरू नै साेकेस गरिने काेइरालाकाे भनाइ छ । पहिलाे चरणमा आएका ३७ याेजनाका १ खर्ब ५ अर्ब ८५ कराेडकाे प्रारम्भिक प्रस्ताव तयार पारिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०