हिरासतमा रवि सुतेको भाइरल तस्बिरबारे प्रहरीले यसो भन्यो

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ४ पुस, २०८१
२ वर्षअघि

विराटनगर । सहकारी ठगी प्रकरणमा हाल हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तस्बिर भन्दै अहिलर् सामाजिक सञ्जालमा एउटा फोटो भाइरल बनिरहेको छ ।

रवि यतिबेला कास्की प्रहरीको हिरासतमा छन् । सहकारी ठगी प्रकरणमा कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई त्यसयता कास्की प्रहरीको हिरासतमा राखिएको छ ।

Advertisement

तर, यसबीचमा पूर्वगृहमन्त्रीसमेत रहेका रवि हिरासत कक्षमा सुतिरहेको भनेर सार्वजनिक भएको तस्बिरको वास्तविकता के हो भन्ने कौतुतहलाले जनमानसलाई सताएको छ ।

बुधबार रातिदेखि रास्वपा कार्यकर्तामार्फत भाइरल भएको सो तस्बिरको वास्तविकताबारे प्रहरीले छानबिन थालेको छ । फोटो सार्वजनिक गर्ने व्यक्तिको समेत खोजी थालेको कास्की प्रहरीले जनाएको छ ।

उक्त फोटो केही दिनअघि डा. निकोलश भुसाल नामक फेसबुक आइडीबाट पोस्ट भएको थियो । तर, अहिले उनले उक्त फोटो डिलिट गरिसकेका छन् ।

निकोलशले सो तस्बिर आफैँले खिचेको र कसैलाई दोषारोपण नगरेको भन्दै तस्बिर खिचेर सार्वजनिक गरेकोमा फेसबुकबाटै माफी मागेका छन् ।

निकोलश रविकै समर्थक हुन् । रविको फोटो आफूले खिचेको बताएका भुसालले यसमा कुनै खराब नियत नभएको भन्दै गल्ती महसुस गरेर माफी मागेका छन् ।

डा. भुसालले दुई दिन अघि नै यो फोटो फेसबुकमा राखेर पछि डिलिट गरेका थिए । बुधबार रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले त्यो फोटो फेसबुकमा राखेपछि अहिले भाइरल भइरहेको छ ।

यता, कास्की प्रहरीले यो विषयमा अनुसन्धान भइरहेको बताएको छ । ‘मैले पनि भर्खर देखेँ । के रैछ । यसबारेमा छानबिन गर्छौं,’ कास्की प्रहरी प्रमुख एसपी अजयबाबु ओलियाले भने ।

कास्की हिरासतको फोटो हो ? भन्ने प्रश्नमा उनले भने, ‘त्यो बारेमा पनि कन्फर्म भएको छैन । छानबिन गर्दैछौं ।

पूर्वगृहमन्त्री समेत रहेका रविलाई अन्य थुनुवा भन्दा फरक ठाउँमा राखिएको छ । अहिले रविको हिरासतमा सुतिरहेको फोटो भन्दै सामाजिक सञ्जालमा एक तस्बिर भाइरल बनेको हो ।

उक्त फोटो एक व्यक्ति सुतिरहेको देखिन्छ । साइडमा टेबल र त्यसमाथि किताब पनि छन् । अहिले सो तस्बिरलाई फरक फरक दृश्यसहित सोसल मिडियामा भाइरल बनाइएको छ ।

रास्वपा नेता दीपक बोहोराले सो तस्बिर रविकै भएको र टेबुलमा रहेको किताब कुरान नभएर फरिद जाकरिया आर्ट अफ लिभिङ भएको बताएका छन् ।

उनले तस्बिर कसले खिचेर कुन उद्देश्यले सार्वजनिक गरियो भन्ने प्रश्न आफूहरूको रहेको भन्दै यसले रविको सुरक्षामाथि समेत प्रश्न उठेको बताए । सुविधा सम्पन्न कोठामा रविलाई राखेको देखाउन यो तस्बिर लिक गरिएको आशंका रास्वपा नेताहरूको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०