तस्बिरमा हेर्नुहोस् धरतीको पहिलो तीर्थस्थल बराहक्षेत्र

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २ पुस, २०८१
२ वर्षअघि

बराहक्षेत्र । तल बगेकी कोकाह नदी, माथि हरियाली फाट । अनि, बीचमा अवस्थित छ, विष्णु अवतारको तेस्रो रूप बराहक्षेत्र धाम ।

बराहक्षेत्र धामलाई अत्यन्त पवित्र धामका रूपमा मात्र नभई धरतीकै पहिलो तीर्थको रूपमा पनि लिइन्छ ।

पृथ्वी अनन्त आकाश सागरमा लुप्त भएको बेला भगवान बिष्णुले ब्रम्हाजीको नाकबाट बराहरूप धारण गरी रसातलमा हराएको पृथ्वीको उद्धार गरी शेषभित्र अड्याएर बराह स्वरूप विष्णु भगवानले उद्धार गरेको भएर यस भूमिको नाम बराहक्षेत्र रहन गएको किंवदन्ती छ ।

बराहक्षेत्र सुनसरी जिल्लामा अवस्थित नेपालकै सर्वाधिक प्रख्यात तीर्थस्थल हो ।

ब्रह्मपुराण, बराहपुराण र स्कन्दपुराण लगायतका पुराणहरू र महाभारत महाकाव्यमा समेत उल्लेखित गरिएको छ ।

यो स्थान नेपालको सबैभन्दा पुरानो देवस्थल हो । बराहक्षेत्रमा बराहअवतार विष्णुको पूजा गरिन्छ ।

बराहक्षेत्रको मूल मन्दिरको वर्तमान स्वरूप वि.सं. १९९१ सालको हो ।

वि.सं. १९९० सालको भूकम्पबाट मन्दिर भत्किए पछि वि.सं. १९९१ सालमा अन्तिम पटक जुद्ध शमशेरले पुनर्निर्माण गराएका थिए ।

वराहक्षेत्रमा लक्ष्मी, पाञ्चायन, गुरुवराह, सूर्यवराह, कोकावराह र नागेश्वर लगायतका नौँ वटा मन्दिर र थुप्रै धर्मशाला रहेका छन् ।

बराहक्षेत्रमा वर्षभरि नै मानिसहरूको आवतजावत र जमघट हुन्छ । ठूलाठूला मेलाहरू कार्तिक पूर्णिमा र मकर संक्रान्तिमा लाग्ने गर्छन् ।

मेलामा भारत र नेपालको पहाडी भागबाट मानिसहरू आउने गर्छन् । यसबाहेक ऋषि पूर्णिमा, ब्यास पूर्णिमा, फागुपूर्णिमा लगायत विभिन्न एकादशी तथा अन्य व्रत र उत्सवका दिनहरूमा पनि तीर्थयात्रीहरू प्रशस्त मात्रामा बराहक्षेत्र पूग्ने गर्दछन् ।

बराहक्षेत्रको पावन भूमिमा बगेकी कोकाह नदीको पनि छुट्टै विशेषता छ ।

पर्यटकको ठूलो चहलपहल हुने यस क्षेत्रमा सडकयात्रा तथा चतराबाट जलयात्रा पनि गर्न सकिन्छ ।

बराहक्षेत्र नजिकैको कोशी नदी जलक्रिडा र नौकाशयर गर्न चाहने मानिसहरूका लागि निकै महत्वपूर्ण छ ।

प्रकाशित समय: मङ्गलबार २ पुस, २०८१, ०७:३५:१३

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
८ घण्टाअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
१४ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
१५ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०