विराटनगरको सेन्ट जोसेफ स्कुलबाट झोला बोकेर भागे दुई विद्यार्थी, अभिभावक आक्रोशित

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २७ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगरको सेन्ट जोसेफ स्कुलमा अध्ययनरत दुई विद्यार्थी हराएको भन्दै अभिभावक आक्रोशित बनेका छन् ।

सेन्ट जोसेफको होस्टेलबाट कक्षा १० मा पढ्ने १६ वर्षीय सुरज खड्का र जनकपुर घर भई होस्टल बस्दै आएका रनवीर सिंह हराएको हो ।

बुधबार रातिबाट उनीहरू हराएको भन्दै सुरजका अभिभावक आक्रोशित बनेका हुन् ।

विद्यार्थीका अभिभावक बेनुकुमार खड्काले आफू गएराति ११ बजे गाइघाटमा रहेका बेला होस्टलका वार्डेनले फोन गरेको बताउँदै भने, ‘होस्टलका वार्डेन सुभास साहले फोनमा केटाहरूले गल्ती गरेको भन्दै फोन गर्नुभयो ।’

फोनमा केटाहरूले गल्ती गरेको भन्दै वार्डेनले स्कुलबाट निकाल्ने चेतावनी दिएको खड्काले बताए । बिहान श्रीमतीलाई पठाउँदा बच्चाहरू नरहेको जानकारी पाएको भन्दै उनले आक्रोश व्यक्त गरे ।

‘स्कुलले भने एकतलामाथिबाट हामफालेर भागेको जनाएको बताएकाे छ,’ उनले भने, ‘तर, भाग्ने ठाउँ देखिएको छैन । बरु, प्लाष्टिकका दुइटा पाइप फुटेको छ । सम्भवतः निर्घात कुटपिट भएको छ ।’

राति निर्घात रूपमा कुटपिट गरेको र बाबुहरूलाई एसइई दिन नदिने भन्दै स्कुल चेतावनी दिएका कारण भागेको हुन सक्ने अभिभावकको आशंका छ ।

यता, स्कुलका प्रिन्सिपल अटल थापा रोपाचले सुरज र रनवीरले बदमासी गरेको पाइएको बताउँदै सजायस्वरूप एक-दुई पाइप हिर्काएको स्वीकारे ।

‘हिजो केटाहरूले केही बदमासी गरेका कारण कुटाइ खाएका रहेछन्,’ उनले भने, ‘र, उनीहरूले स्कुलबाट निस्किएर भागेछन् । अहिलेसम्म उनीहरू सम्पर्कमा छैनन् । उनीहरू भेटिएपछि कडा रूपमा अभिभावकसँग कुरा गर्नेछौं ।’

राति ११ बजे आफूहरूले अभिभावकलाई खबर गरेको उनको भनाइ छ । स्कुलको सिसिटिभी क्यामेरा हेर्दा बिहीबार बिहान ३ः५ बजेतिर उनीहरू झोला बोकेरै स्कुलबाट निस्किएको देखिएको छ ।

प्रकाशित समय: बिहिबार २७ मङ्सिर, २०८१, १५:५१:४४

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
८ घण्टाअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
१५ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
१५ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०